Saturday, December 2, 2023

‘किन पाउँदैन नेपाली साहित्यले नोबेल पुरस्कार ?

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

काठमाडौँ — बनेपामा २०७३ फागुन २० मा भएको काभ्रे बृहत् साहित्य सम्मेलनमा एउटा गम्भीर सम्भाषण दिएका थिए संस्कृतिविद् सत्यमोहन जोशीले । विषय थियो– बदलिँदो परिस्थितिमा पठन संस्कृति ।

दुई महिनामै उनी ९८ टेक्दै थिए । तर, उनले शताब्दी छेउछाउको उमेर होइन, तन्नेरी वयको अनुभूति दिलाए । ढाका टोपी र दौरासुरुवालमा बिस्तारै ढल्किँदै मञ्चमा बसे र सबैलाई नमस्कार गरे । त्यसपछि त्यो मध्यघाममा उनले नेपाली साहित्यले पाउन नसकेको विश्व परिवेशको रोमाञ्चकारी वक्तव्य दिए ।

भर्खरै ब्रम्हलीन भएका जोशीबारे वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ बरोबर भनिरहन्छन्, ‘सत्यमोहनलाई कसरी बिर्सने रु उनी यति हिँड्थे कि भूँइमान्छेको सक्कली स्वरूप खोज्नुपरे सधैं उनैलाई सम्झनु १ उनले कहिल्यै लठ्ठी टेकेको मैले देखिनँ, त्यसैले दुई–खुट्टे प्राणीको एक सक्कली स्वरूप हुन् जोशी । नेपाललाई चीन चिनाउने अरनिको, नेपालीलाई अरनिको चिनाउने सत्यमोहन ।’

यस्ता तेजिला सत्यमोहन जोशीले बनेपामा दिएको दुई घण्टा लामो सम्भाषणमा नेपाली साहित्यको विगतदेखि आगतसम्म मात्रै बोलेनन्, उपस्थित कवि–लेखकका प्रश्नको पनि यथोचित जवाफ दिए । लाग्थ्यो, उनी दर्शकसँगै एकाकार देखिन्थे । उनका स्मृतिपत्रका अभिलेख हामीसँग अझै सुरक्षित छ, जसको सम्पादित अंश यस्तो छ स्

०००

जीवन बिसाउनुअघि मेरो एउटा धोको छ, एक नेपालीले पनि नोबेल पुरस्कार पायो रे भन्ने खबर सुन्ने १ लाग्ला, नेपालीले किन नपाउने नोबेल पुरस्कार रु त्यो पाउन ।लायक सिर्जनशील नेपाली प्रतिभै छैन त रु म भन्छु, छ ।

हरेक मान्छेमा प्रतिभा हुन्छ । खाँचो छ, त्यसलाई उजागर गर्ने उचित वातावरणको । हामी कि राजनीतिलाई सराप्न लाग्छौं कि प्रज्ञा प्रतिष्ठानलाई धारेहात लगाउनलाई । यो सब लेठो छोडेर प्रतिभाको स्फुरणमा लाग्न सके नोबेल पुरस्कार खोज्दै लेखककै घरमा आइपुग्छ भन्ने विश्वास म गर्छु । यसो भयो भने साहित्यले देशकै उत्थान गर्छ । भारतमा रवीन्द्रनाथ टैगोरले ठूलो ग्रन्थ लेखेका थिएनन् । करिब १ सय ४ वटा जति उनका गीतहरुको सँगालो गीताञ्जली बंगाली भाषामा थियो सुरुमा । त्यसलाई टुटेफुटेका अंग्रेजीमा अनुवादित गीताञ्जलीको भाषा कसैले मिलाइदिएपछि त्यो नोबेल पुरस्कारको हकदार बन्न पुग्यो । त्यसपछि टैगोर विश्व–कविकै रूपमा दर्ज भए । के यस्तो नेपालमा हुन सक्दैन रु

त्यस्तै, एक जना चिनियाँ कवि तथा उपन्यासकार मो यानले एउटा किताब लेखे जन्म र मृत्युको दोसाँधबारे । त्यो थियो चिनियाँ भाषामा । चिनियाँहरुले राम्रो मानेर त्यसलाई अंग्रेजीमा उल्था गरे । किसानका छोरा मो यानको त्यस पुस्तकले २०१२ को नोबेल पुरस्कार पायो तर खुसी भए विश्वभरका चिनियाँ ।

व्यक्तिको उपलब्धिले सिंगै देश र जनतालाई कति हर्षित तुल्याउँछ र माथि पुर्‍याउँछ भन्ने प्रमाण हो यो । हामीले विचारै गरेका छैनौं यसबारेमा । हामी त नेपालीमै लेखेर मग्नमस्त । हामीले पनि हाम्रो साहित्यलाई अंग्रेजीमा स्तरीय अनुवाद गर्न सकेको भए मामिला अर्कै हुन्थ्यो । नोबल पुरस्कारै नपाए पनि स्तरीय पुस्तक त निस्किन्थ्यो कि १ कम्तीमा नेपाली स्तरीय साहित्य बाहिरसम्म त जान्थ्यो । नेपाली साहित्य यति माथि उठिसकेको रहेछ भन्ने अरूले पनि थाहा पाउँथे । अनुवाद नहुँदा त जस्तोसुकै लेखे पनि के गर्नु, गैरनेपालीले बुझ्ने होइन १

यतिखेर हामीसँग लेखपढ गर्नेलाई अनेक सुविधा दिने संयन्त्रहरु छन् । लेखौं र पढौं भन्ने महोत्सवै हुन्छ । तर, समय सधैं यस्तो थिएन । राणाकालमा बोल्न पाइन्नथ्यो । पढे जेल जानुपर्थ्यो । हामी विद्यार्थी हुँदा कवितासमेत पढ्न पाइन्नथ्यो । उही कविशिरोमणि लेखनाथ पौड्यालका भक्तिरसका कविताहरुमा भने पाठकलाई छुट थियो । अलिकति प्रगतिशील खालको कविता भन्नु उनको पिँजराको सुगा थियो जसको सुरुको पंक्ति छ, ‘बालक बबुरो द्वीजशुकनामा हुँ म परेको छु पिँजडामा ।’ कलेजमा पट्ना युनिभर्सिटीको कोर्स पढ्नुपर्ने भएकाले इतिहास समेत भारतवर्ष र बेलायतको पढ्नुपर्थ्यो । नेपालको त न साहित्य न इतिहास । त्यस्तो समयमा शारदा भन्ने मासिक साहित्यिक पत्रिका निस्क्यो । पछि अर्को एउटा पत्रिका निस्केको थियो उद्योग । यसमा घरेलु इलम र उद्योग बारे लेखहरु हुन्थे । गोरखापत्र साप्ताहिक निस्कन्थ्यो सानो पेजमा । त्यसमा दुई–चारवटा मामुली खबर र लेख हुन्थे । कथा, धारावाहिक लेख, कविता केही हुन्नथ्यो ।

किनभने, त्यसबेला पढ्न प्रतिबन्ध थियो । कसैले पुस्तकालय खोल्न चाहे दण्ड दिइन्थ्यो । स्वतन्त्र रूपले जमघट हुने अवस्थै थिएन । त्यतिबेला श्री ३ राणाकै तारिफ गर्नुपर्थ्यो । उसैको नाम राखेर ग्रन्थ निकाल्नुपर्थ्यो । श्री ३ कै तारिफ गरेर चन्द्रनिघन्टु ९महत्त्वपूर्ण आयुर्वेदको किताब निकाल्दा पनि० जस्तो नाम राखिन्थ्यो । चन्द्रशमशेरको पालामा प्रधानमन्त्रीको तारिफ गर्नुपरेकाले त्यस्तो नाम राखिएको थियो । कुनै किसिमको साहित्यिक जागरण, चेतना र साहित्यकै तर्फबाट राष्ट्रको पनि उन्नति हुन सक्छ, राष्ट्रको महिमा, प्रतिष्ठा र गरिमा बढ्छ भन्ने थिएन । कसैले सानातिना प्रार्थनाका किताब प्रकाशन गर्दा हरेक पेजको शिर र पुछारमा राणाहरुको निगाहमा चलेको नेपाल भाषा प्रकाशिनी समितिले पास गरेको छाप लगाउनुपर्थ्यो । अनि मात्र नेपालको प्रेसमा छापिन्थ्यो । नेपालमा सानासाना लेटर प्रेस थिए । समितिबाट स्वीकृत नभएका किताबचाहिँ कतै छापिँदैनथ्यो । त्यसो भएको हुनाले अलिकति साहित्यिक रस भएका मान्छेहरुले देशबाहिर गएर किताब छपाएर ल्याउँथे । यसो गर्दा उजुरी पर्‍यो भने सबै किताब जफत हुन्थ्यो । जफत भयो भने आपत् पर्छ भनेर राणा प्रधानमन्त्रीको गुणगान गाएर भूमिकामा लेखिन्थ्यो । शुक्रराज र मार्गराजलाई दयानन्द सरस्वतीको मत प्रचार गरेको भनेर भञ्ज्याङ कटाइएको थियो । धपाइएका मान्छेहरुले पनि उतै शिक्षादीक्षा पाएपछि यहीका सरकारको गुणगान गाएर, राजाको प्रशंसा गरेर किताब छपाएपछि यिनीहरु त राजावादी नै रहेछन् भनेर देशभित्र आउन दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...