Wednesday, December 6, 2023

छोरीद्धारा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाको समन्वय र छोरीद्धारा आयोजना गरीएको बालबालिकाः हाम्रो गौरब परियोजना अन्र्तगत चन्द्रपुर नगरपालिकाको सरोकारवालाहरुबीच अन्र्तक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा सम्पन्न भएको छ । कार्यक्रमको सभाअध्यक्ष रुपमा छोरी संस्थाका कार्यसमिति सदस्य छाँया देवकोटाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख श्री संजय काफ्लेले गर्नुभएको थियो । विशेष अतिथिको रुपमा इलाका प्रशासन कार्यालय चन्द्रनिगहापुरका प्रमुख झलेन्द्र प्रसाद चापागाईले गर्नुभएको थियो । कार्यक्रममा २९ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य छोरीको फिल्ड अफिसर पूजा चौधरीले गर्नुभएको थियो । कार्यक्रमको प्रस्तुतीकरण छोरीका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक श्री हिरा दाहाल ज्यूले गर्नुभएको थियो । वहाँले छोरी भएकै कारण भोग्नुपरेको समस्या तथा त्यसको निराकरणको लागि अभियानहरु चलाएको र चन्द्रपुरमा बालबालिकाहरुको अधिकार स्थापितको लागि काम गर्न सुरु गरीएको र विभिन्न क्षेत्रका सरोकारवालाहरुसंग काम गर्ने र सबैको सहकार्यको लागि अनुरोध गर्नुभयो । चन्द्रपुर वडा नं १० का वडाअध्यक्ष टंकेश्वर चौधरीले यो कार्यक्रम आफ्नो वडामा संचालन गरीएकोेमा छोरीलाई धन्यवाद दिदै यो अभियानमा आफुपनि संगै रहेको बताउनुभयो । त्यसैगरी चन्द्रपुर ९ का वडाअध्यक्ष नवराज देवकोटाले छोरीले गरेको कार्य राम्रो लागेको यसमा वडाबाट गर्नु मिल्ने काममा आफुले सहयोग गर्ने बताउनुभयो । इटा व्यवसायी संघ रौतहटका अध्यक्ष प्रल्लाद बन्जाराले इटा भट्टामा बालबालिका बोकेर आउने र तिनिहरुको व्यवस्थापनमा समस्या भइरहेको र त्यसलाई व्यवस्थापनमा इटा भट्टाको तर्फबाट आफुले गर्न सक्ने सहयोग गर्ने भन्ने कुरा व्यक्त गर्नुभयो । महिला सुरक्षा दबाब समूहका अध्यक्ष देवकी नेपालले छोरीले गर्ने कार्य पारदर्शि हुनुपर्ने र अभियानमुखि हुनुपर्नेमा जोड दिनुभयो । चन्द्रपुर नगरपालिका उपमेयर जयमाला चौधरीले आफु छोरी भएर पनि संघर्ष गर्नुपरेको र अरुलाई पनि अगाडी बढन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी नगर प्रमुख संजय काफ्ले नगरभित्र भएको समस्याहरुलाई जानकारी गराउन अनुरोध गर्दै आफुले यस अभियानमा सक्रिय रहने र २ वटा वडाको सिकाईले नगरमा पनि अभियान चलाउन सक्ने कुरा व्यक्त गर्नुभयो ।
त्यसैगरी बालबालिका , पत्रकार , महिला अधिकारकर्मी, इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवाल लगायतको उपस्थिति रहेको थियो । केएनएचको सहयोगमा भएको उक्त कार्यक्रमको संचालन छोरीको परियोजना संयोजक कोपिला तिमल्सिना ले गर्नुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...