चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीले नेकपा एमालेलाइ बृद्धबृद्धाले छोराको संज्ञा दिने गरेको बताएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ को घरदैलमा जादा त्यहाको बृद्धबृद्धाले नेकपा एमालेलाइ छोराको संज्ञा दिएको बताएका छन । नेकपा एमालेको नितिले नै बृद्धबृद्धाले भत्ता पाएको एमाले उमेदवार रेग्मीले बताए । २०५१ सालको नेकपा एमालेको सरकारले नै बृद्धबृद्धाहरुलाइ सम्मान स्वरुप भत्ता बितरण अभियान शुरु गरेको रेग्मीले बताए । बरु छोराले पैसा दिन्छन कि दिदैनन तर नेकपा एमालेले बृद्धहरुलाइ झन बढाएर भत्ता दिनेभएको कारण नेकपा एमाले बृद्धबृद्धाहरुको छोरो भएको उनको भनाइ छ ।
जनताहरुको हितको लागी काम गर्ने लोकप्रिय पार्टी नै नेकपा एमाले भएको कारण आम मतदाताहरुले यस निर्वाचनमा पनि नेकपा एमालेलाइ आफनो अमुल्य मत दिएर बिजयी गराउनेमा आफु ढुक्क रहेको रेग्मीले बताएका छन ।
घरदैलो कार्यक्रमै रहेका रौतहट क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य उमेदवार अखिलेश चौधरीले देश र समाजलाइ बदल्न नेकपा एमाले र्निबिकल्प रहेको बताएका छन । नेकपा एमालेका उमेदवार म आफै र प्रतिनिधि सभा सदस्यका उमेदवार लामो समय देखी राजनितिक मार्फत समाजिक कार्य गदै आएको भएता पनि केही कतै दाग नलागेको चौधरीले बताए । रौतहट क्षेत्र नम्बर ४ मा २०४८ साल,२०५६,२०७० सालमा पनि नेकपा एमालेले सानदार संग निर्वाचन जितेको स्मरण गदै चौधरीले यस निर्वाचनमा पनि हामी अत्यधिक मतले जितेर देखाउने बताए ।
शुक्रबार भएको घरदैलो कार्यक्रममा नेकपा एमालेका समानुपाति तर्फ प्रदेश सभा सदस्य उमेदवार आरती भण्डारी,जित बहादुर बिक लागयत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।