चन्द्रपुर – रौतहटको क्षेत्र नम्वर ४ मा नेकपा एमालेका प्रतिनिधि सभा उमेदवार उद्धब प्रसाद रेग्मी तथा क का प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले दलबल सहित चन्द्रपुर नगरपालिकाको वाड नं. २ जुडिबेलाको घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
रेग्मी र चौधरी घरदैलो गर्न पुगेपछि सो क्षेत्रका जनताहरु स्वतस्र्फुत रुपमा आफै घरदैलो कार्यक्रममा सहभागि भएका थिए । घरदैलोमा देखिएको उत्साहजनक सहभागिताले नेकपा एमालेको जितलाइ कसैले रोक्न नसक्ने प्रतिनिधि सभा सदस्य उमेदवार रेग्मीले बताए । उमेदवारहरु सहितको टोलीले आइतबार बिहान जुडिबेलाको वनटोल देखी चिम्नीटोल,जुडिबेला,जोगीटो,असनवा हुदै नयाबस्तीका मतदाताहरु संग भेटेका थिए । जनताको सुखदुखको सहयात्री एमाले भएको बताउनु हुँदै मुलुक बनाउन एमाले मात्र एक पार्टी भएकोले अपार मत सहित बिजयी बनाउनेमा ढुक्क रहेको उनले बताए । आफु जनताको हरेक सुखदुखमा साथमा नै रहेको र पछिल्ला दिनहरुमा समेत साथमा नै रहिरहने बताउनु भएका रेग्मीले आफु विजयी भएपछि आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन दावी समेत गर्नु भएका छ । शिक्षा , स्वास्थ्य , रोजगारी लगायत विभिन्न वर्गका जनतालाई जनप्रतिनिधि भएको अनुभूति दिलाउने उहाको भनाई रहेका थियोे । अहिले गठबन्धनका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लर्काे नै लागेकाले उहाहरुको समेत उचित ब्यवस्थापन हुने रेग्मीले बताएका छन ।
