Saturday, December 2, 2023

पुर्व प्रधानमन्त्री नेपाललाइ कडा टक्कर दिदै एमाले उमेदवार गुप्ता

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,२३ कार्तिक- मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ सबैले नियालेर हिरिरहेका छन । सत्ता गठबन्धनका नेता तथा नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल यसै क्षेत्रबाट लडेको कारण पनि यो क्षेत्रमा सबैको ध्यान पुगेको हो ।
माधब नेपाललाइ नेकपा एमालेका उमेदवार अजय कुमार गुप्ताले कडा टक्कर दिइराखेका छन । गौर नगरपालिकाको २ पटक नगर प्रमुख भइसकेका गुप्ता केही महिना अगाडी मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन । २०७० सालको संबिधान सभाको निर्वाचनमा पनि झिनो मतअन्तरले गुप्ता संग माधब नेपालले चुनाब जितेका थिए । त्यसपछि उनी २०७४ सालको स्थानिय तहको निर्वाचनमा गौर नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी जनमतभएको नेताको रुपमा परिचित छन । २०७९ सालको स्थानिय तहको मत अनुसार माधब नेपाल बलियो देखिएको छ ।
रौतहटको क्षेत्र नम्बर १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ । यहाँ वडागत परिणाम हेर्दा एकीकृत समाजवादीको बर्चस्व देखिन्छ । एसका वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरुले कूल १९ हजार ६९८ मत पाएका छन् ।
कांग्रेसले कूल १६ हजार ९४४ मत पाएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत तेस्रो स्थानमा देखिन्छ । उसले १२ हजार ०६२ मत पाएको छ । माओवादी ८ हजार १९१, एमाले ७ हजार ३८५, जसपा ८ हजार २४१ र स्वतन्त्रसहित अन्य दलले ३१४३ मत पाएका छन् ।
यसरी दलहरुले ल्याएको मत परिणाम हेर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एक्लै प्रतिष्पर्धा गर्दा पनि जित्ने सम्भावना देखिन्छ । तर यो मतको जोडघटाउ काम नलाग्ने सोही क्षेत्रका स्थानिय युवा नेता अमित ठाकुर बताउछन । स्थानिय तहको चुनाबमा ब्यक्ती र नजिकका पायक पर्ने ब्यक्तीलाइ दिने मत हो भने यो निर्वाचनमा जनतालाइ साथ दिने नेतालाइ दिने मत भएको ठाकुरको भनाइ छ ।
अहिलेको अबस्था हेर्ने हो भने माधब नेपाल भन्दा करिब २ गुना जनता नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार अजय गुप्ताको साथमा देखिन थालेको बिद्यार्थी नेता रबि मिश्रले बताए । स्थानिय तहको निर्वाचनको मतगणनाले यो निर्वाचनमा कुनै अर्थ नराख्ने मिश्रले बताए ।
अजय गुप्ताको समर्थनमा ब्यापकता आउनमा रौतहट क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबको सहभागितालाइ पनि हेरिएको छ । यादब नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति हुन ।
यता एमाले उमेदवार गुप्ताले माधब नेपाललाइ पाहुनाको संज्ञा दिएका छन । आफुलाइ आपत पर्दा मात्रै गौर आउने र जनतालाइ अपत पर्दा काठमाण्डौ जाने नेपाल पाहुना उमेदवार भएको गुप्ताले बताए । आफु सदैब जनताला आपत पर्दा १० मिनेटमा क्षेत्र नम्बर १ को कुनै पनि ठाउमा पुग्न सक्ने र जनताको सुख दुःखमा साथ दिने हुनाले पनि आम मतदाता नेकपा एमालेमा होमिएको उनको भनाइ छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...