चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलमा रहेको महेन्द्र माबिले आफनो ४७ औ स्थापना दिवश भब्य रुपमा मनाएको छ । स्थापना दिवश कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण सिग्देलले शिक्षा क्षेत्रको बिकाशको लागी चन्द्रपुर नगरपालिका प्रतिबद्ध रहेको बताएका छन । बिद्यालयको शैक्षिक गुणस्तर बिकाश तथा भौतिक क्षेत्रको बिकाशको लागी चन्द्रपुर नगरपालिका कठिबद्ध भएर लाग्ने बताएका छन ।
कार्यक्रमका अतिथि तथा शिक्षा शाखाका शाखा अधिकृत दिपेन्द्र मण्डलले गुणस्तरीय शिक्षाको लागी सधै काम गरिरहेको र आउदा दिहरुमा पनि प्रतिबद्ध भएर लागीरहेने बताएका छन ।
यस्तै बिर दल गण गौरका सेनानी प्रकाश कुमार गिरीले बिद्यालयमा शिक्षाको साथसाथै खेलकुलको बिकाशको लागी पनि सक्रिय भएर लाग्नु पर्ने बताएका छन ।
सो महेन्द्र माबि रैयाटोलका अध्यक्ष संजिब कुश्वारले बिगतको भन्दा महेन्द्र माबिमा भौतिक पुर्वाधार देखी गुणस्तर शिक्षामा ब्यापक सुधार भएको बताएका छन । ४७ बर्षको अन्तरालनमा महेन्द्र माबिले बिभिन्न किसिमको समस्या बोक्दै आएको समेत उनले बताए । बिद्यालयको बिकाशको लागी सहयोग गर्न सम्बन्धीत सबैलाइ उनले आग्रह गरेका छन ।
यस्तै सोही बिद्यालयकी प्रधानाध्यापिका कमला थापाले आफु बिद्यालय सुधार अभियान चलाएर नै काम गरिरहेको बताएकी छिन । आफु यस बिद्यालयको प्रअ भएदेखी ४ कोठे भवन निमार्ण देखी बिभिन्न भौतिक पुर्वाधारका कामहरु भएको उनले बताएकी छिन । अब सो बिद्यालयमा कम्पाण्ड वाल र २ कोठे भवनको काम पनि चाडै नै शुरुवात हुने प्रअ थापाले जानकारी दिइन ।सोही अबसरमा राष्ट्रिय सेवा दलले तयार पारेका सोही बिद्यालयहका बिद्यार्थीहरुले परेड समेत खेलेका थिए ।समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन यस्तो कार्य गदै आइरहेको छ ।
देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान पु¥याइरहेको छ। अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्ने कार्यमा सेवा दलद्वारा प्रदान गरिने तालिमले ठूलो बल प्रदान गरिरहेको नेपाली सेनाका सेनानी गिरीले बताए ।
सो बिद्यालयका अध्यक्ष संजिब कुश्वारको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन शिक्षक दिनेश सापकोटोल संचालन गरेका थिए ।