गौर – रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उमेदवार अजय गुप्ता र क प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबको पक्षमा घरदैलो कार्यक्रममा स्वत स्र्फुत रुपमा जनताहरुको सहभागित बढेको छ । सो क्षेत्रको राजदेबी नगरपालिका वाड नं. ८ लक्ष्मीपुर बेलबिछुअवाको घरदैलामा स्थानिय मतदाताहरुको मानब सागर नै ओर्लिएको छ । यस क्षेत्रका जनताले नया अनुहार खोजेको कारण एमालेमा जनताहरु स्वत स्र्फुत रुपमा हिडेको स्थानिय युवा नबिन सिंहले बताए । जनताले नया चिज खोज्ने भएको हुदा पनि यस क्षेत्रका जनताले नया अनुहारका संघिय संसद र नया प्रदेश सभा सदस्य खोजिरहको सिहंले बताए ।
घरदैलो कार्यक्रममा स्थानिय जनताहरुको लहर देखेर आफुलाइ अझै हौसला र साहस बढेको प्रतिनिधि सभा सदस्य उमेदवार अजय गुप्ताले बताए । आफु नेता नभएर स्थानिय जनताको बेटा भएर काम गर्ने समेत गुप्ताले प्रतिबद्धता जनाएका छन । यसैगरी सोही क्षेत्र क का प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबले जनताको माया अपार रुपमा पाएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत रहेका यादबले समाजसेवाबाट नै स्थानिय जनताको माया र सहानुभुती मिलेको बताए । सोमबार संघिय सांसदका उम्मेदवार अजय कुमार गुप्ता र प्रदेशसभा सदस्यका उम्मेदवार राज किशोर यादवले सोमबार बेलबिक्षवामा घरदैलो गरेकाछन् । सो क्षेत्रमा नेकपा एस पार्टीका अध्यक्ष माधब नेपाल प्रतिनिधि सभा सदस्यमा उठेका छन भने प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका नागेन्द्र साह उठेका छन । नेपाल फ्रि भिस्सा र फ्रि टिकटको जमेलामा अडकिएका छन भने नागेन्द्र साह फ्रि उपचार गरिदिन्छु भन्दै बिवादमा आएका छन ।