Saturday, December 2, 2023

रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहलाइ कडा चुनौती दिदै कांग्रेस जिल्ला सभापति यादब

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट – रौतहटको क्षेत्र नम्बर ३ को निर्वाचन रोचक बन्दै गएको छ । एमाले पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्रमा उमेदवारी दिएका प्रभु साहलाइ नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति जितेन्द्र यादबले कडा चुनौति दिदै आएका छन । रौतहट क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्यका उमेदवार समेत रहेका जिल्ला सभापति यादबले संघिय संसदको उमेदवारमा स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवाललाइ साथसाथै लिएर निर्वाचन प्रचार प्रसार गरिरहेका छन । सत्ता गठबन्धनले प्रभु साहलाइ समर्थन गर्ने सहमती गरेपनि यादब अहिले संघिय संसदका स्वतन्त्र उमेदवार जयसवाललाइ लिएर दलबल सहित घरदैलो गरिहेका छन । यो निर्वाचनमा कुनै पनि हालतमा प्रभु साहलाइ हराउने अभियानमा रहेको सभापति यादबले बताए । जातको राजतिनिक गर्ने र बिकाशको नाममा भ्रष्टचार गर्ने साहलाइ यस क्षेत्रका जनताले यस निर्वाचनबाट बिदाइ गर्ने यादबले बताएका छन । साहलाइ जनताले राम्रो संग चिनिसकेको कारण पनि यस निर्वाचनबाट उनको पत्तासाफ हुने सभापति यादबले बताए । स्वतन्त्र उमेदवार जयसवाललाइ कांग्रेस सभापति यादबको मात्रै हैन सत्ता गठबन्धनका क प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादवको पनि समर्थन रहेको छ । तिनै जना एक साथ संयुक्त ब्यानर बनाएर जनलहर सहित घरदैलो गरिरहेका छन । जबरजस्ती बिचार लादने प्रबृतिका साहको बिदाइ अनिबार्य रहेको राज्यमन्त्री यादबले बताएका छन । यता नेकपा माओबादी केन्द्रका उमेदवार धिरज पटेलपनि चुनाब प्रचार प्रसारलाइ ब्यापकता दिएका छन । पार्टीका अध्यक्ष प्रचण्डले प्रभु साहलाइ सर्मथन गरेको भएता पनि उनले आफनो उमेदवारी फिर्ता नहुने बताउदै आएका छन । पटेलको पक्षमा माओबादी केन्द्रका पुर्व अध्यक्ष बिन्देश्वर यादब,माओबादी नेता नसरुदिन मिया लगायतको समर्थन पाएका छन । साहको चुनाबी कार्यक्रममा नेकपा माओबादीकी प्रदेश सदस्य देबकी नेपाल,केन्द्रिय सदस्य वहिद अंसारीले गएर भाषण गर्दै आएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...