चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ को अन्र्तरगत चन्द्रपुर नगरपालिकाको वाड नं. १,३ र १० को प्रतिनिधि सभा सदस्यको मत गणना सम्पन्न भएको छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले ४५३४ मत ल्याएका छन भने नेकपा एमालेका उमेदवार उद्धब प्रसाद रेग्मीले ३७०५ मत ल्याएका छन । तिमलसिनाले ८२९ मतले अग्रता ल्याएका छन । अहिले चन्द्रपुर ५ को बाक्सा खुलेको छ ।