चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ को क मा नेकपा माओबादी केन्द्रका उमेदवार युवराज भट्टराइ समिरले १५ सय भन्दा बढी मतले अग्रता लिएका छन । यस क्षेत्रको बृन्दावन १,२,३ र चन्द्रपुर १० नम्बर वाडको मत गनि सक्दा समिरले ४५४० मत ल्याएका छन भने उनलाइ नेकपा एसका उमेदवार बालकृष्ण श्रेष्ठले २९५४ मत ल्याएर पछयाइरहेका छन । त्यस्तै नेकपा एमालेका उमेदवार अखिलेश्वर चौधरीले २५४५ मत ल्याएर तेश्रो स्थानमा रहेका छन । क्षेत्र नम्बर ४ को क अन्र्तरगत १३ वटा रहेकोमा ४ वटा वाडको मतगणना सकिएको छ ।