चन्द्रपुर – सिभिल बैक १३ बर्ष प्रवेश गरेको उपलक्ष्यमा चन्द्रनिगाहपुर शाखाले एक कार्यक्रम गरि मनाएको छ । शनिबार चन्द्रनिगाहपुर शाखा कार्यालयमा बैकको १२ औ बार्षिक उपलक्ष्यमा केक काटेर मनाएको थियो । कार्यक्रममा चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बैकले ऋण प्रवाह गर्दा लचकता अपनाउनु पर्ने बताउदै सिभिल बैकको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए । बैकले ग्रहकलाइ सहजताका साथ ऋण लगानी गर्न समेत अध्यक्ष सापकोटाले आग्रह गरेका थिए । कार्यक्रममा सिभिल बैकका शाखा प्रबन्धक सुरज पौडेलले सेवाग्राहीको सेवामा सिभिल बैक सदैब तयार रहेको बताएका थिए । कार्यक्रममा स्थानिय ब्यपारीहरु,संचारकर्मीहरु,बैकका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।