Thursday, December 7, 2023

चन्द्रोदय साकोसको आयोजनामा २ सय ४२ जनाले गरे रक्तदान

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको चन्द्रपुर( ४ मा रहेको चन्द्रोदय साकोसले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा २ सय ४२ जनाले रक्तदान गरेका छन । संस्थाको बार्षिक साधारणसभाको पुर्बसन्ध्यामा प्रत्येक बर्ष गर्दै आइरहेको बृहत् रक्तदान कार्यक्रम बिगत २ बर्ष देखि विभिन्न बिपतकालिन रोगको प्रकोपका कारण रोकिएको यसपटक सम्पन्न भएको उक्त कार्यक्रममा २४२ जनाले रक्तदान गरेका हुन ।
उक्त रक्तदान कार्यक्रममा दृष्टिबिहिन देखि विभिन्न संघ संस्था देखि बितिय संस्था विभिन्न धर्मावलम्बी,कर्मचारी,शसस्त्र प्रहरी लगायतले रक्तदान गरेको उक्त साकोसका उपाध्यक्ष बसन्त आचार्यले जानकारी दिएका छन । चन्द्रोदय साकोसका अध्यक्ष प्रकाश सुनुवारको अध्यक्षयता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रौतहट क्षेत्र न ४ का माननीय सांसद देब प्र।तिमिल्सिनाका साथै बिशिस्ट अतिथि हरुमा जिल्ला बचत संघका अध्यक्ष देबकि नेपाल,इलाका प्रहरी कार्यलय चन्द्रपुरका प्रमुख झरेन्द्र चापागाईं,ईलाका प्रहरी कार्यलय चन्द्रपुरका प्रमुख सन्तु जैसवाल,सस्त्र बेस क्याम्पका प्रमुख श्याम शर्मा पौडेल,चन्द्रपुर नपा सहकारी बिभाग प्रमुख नसरे आलम,प्रादेशिक रक्र संचार प्रमुख रमेश कान्त पौडेल,चन्द्रपुर अस्पताल प्रालीका मेडिकल निर्देशन डा.सुवास चौधरी,लगाएतको आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रममा नेफस्कुन फिल्ड कार्यलय सर्लाही हरिवन संचालक समिति सदस्य तथा संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल,बिन्दबासिनि साकोस अध्यक्ष गोबिन्द कोइराला,स्वस्तिक अध्यक्ष नरेन्द्र राना,एकीकृत अध्यक्ष कृष्ण खड्का,चन्द्रपुर नपा ६ का वडा अध्यक्ष सहदेब केसि,चन्द्रपुर नगर उद्योग संघका अध्यक्ष सुरेन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बिहान ८ बजेदेखी साझ ६ बजेसम्म चलेको थियो भने प्राबिधिक रुपमा साथ दिने प्रादेशिक रक्त संचार केन्द्र भरतपुर रेडक्रसका प्राबिधिक कर्मचारी हरुले साथ दिनुभएको थियो भने उक्त कार्यक्रम सफल पार्न चन्द्रोदय साकोसका विभिन्न शुभचिन्तक हरुबाट सहयोग प्राप्त भएको थियो भने चन्द्रोदय साकोसले चन्द्रपुर अस्पताल सँग सहकार्य गरि दैनिकी जस्तो आकस्मिक रक्तदान गर्दै आइरहेको छ । उक्त अस्पतालमा आउने यहीँ क्षेत्रको बिरामीको मात्र नभै छिमेकी जिल्ला बाट आउने बिरामीको लागि रगतको अभाव हुन नदिन साकोसले बृहत् रक्तदान कार्यक्रम गरेको उपाध्यक्ष आचार्यले जानकारी दिए । कार्यक्रमको संचालक संस्थाका उपाध्यक्ष वसन्त आचार्यले गरेका थिए भने सह संचालन संस्थाका सह सचीव रामशरण गौतमले गरेका थिए । कार्यक्रममा आमन्त्रण ब्यक्तित्वहरुलाइ स्वागत मन्तव्य संस्थाका बरिस्ठ उपाध्यक्ष बासुदेब अधिकारीले राखेका थिए । संस्थाको १४औं बार्षिक साधारणसभा यहीँ पौष ९ गते शनिवारका दिन चन्द्रपुरमा रहेको होटल अशोकामा हुने समेत उपाधयक्ष आचार्यले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...