चन्द्रपुर – रौतहटमा सरकारी कार्यालयको गाडी चरम दुरुपयोग भएको भेटिएको छ । आफनो कार्य क्षेत्रबाहेक अन्य क्षेत्रमा हिडन जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्राबधानलाइ लत्याउदै यहाका जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले बिदाको दिन पनि गाडीको दुरुपयोग गरेको हुन । शनिबार चन्द्रपुर नगरपालिका वाड नं. १ मा गुजरा नगरपालिकाको सरकारी गाडीे नुनथर क्षेत्रको मदिरा पसल अगाडी फेला परेको छ । ना १ झ १६२६ र प्रदेश २– ०३ –००१झ ००२१ नम्बरको गाडी रौतहटको पर्यटकिय स्थल नुनथरमा रहेको मदिरा पसल अगाडी दिनभरी देखिएको थियो । सनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारी गाडी मदिरा पसल अगाडी राखेर मदिरा सेवन गरे लठ थिए । सो बिषयमा सो नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बनेका अहेव बिनोद कुमार जयसवालसंग बुझदा उनले गाडीको बिषयमा आफुलाई कुनै कुरा थाहा नभएको र उप मेयरले गाडी नुनथर लगेको बताएका थिए ।
शनिवार सो नगरपालिकाका अधिकांस सरकारी नम्बर प्लेटका मोटर साईकल समेत नुनथरमै थिए । सञ्चारकर्मीहरुले सो बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा सरकारी सवारी साधान दुरुपयोग गर्ने नगरपालिकाका कर्मचारी माथि कार्वाही गर्ने बताएको छ । विदाको दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, रौतहट मा भने यो नियमको पालना भएको पाइएको छैन ।
नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको स्थानिय सरोकारवालाहरु बताउछन । सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, होटेल रेस्टुरेन्ट , डान्स वार देखि सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइन्छ ।