चन्द्रपुर –
रौतहटको चन्द्रनिगाहपुर र यमुनामाइ गाउपालिकामा रहेको कुमारी बैकका शाखा प्रबन्धकले ऋणीहरुलाइ धम्की दिन थालेका छन । नियमित किस्ता तिर्दा समेत शाखा प्रबन्धकले ऋणीलाइ धम्की दिने गरेको स्थानियले गुनासो गरेका छन । कुमारी बैंक चन्द्रनिगाहपुर शाखामा नया प्रधन्धकका रुपमा आएका केशर कुमार साहले घर मै गएर धम्काउने गरेको ऋणीहरुको गुनासो छ ।
२÷४ दिन किस्ता ढिलो हुदैमा घर मै गएर शाखा प्रबन्धक साहले तुच्छ ब्यबहार गरेको चन्द्रपुर— २ जुडिबेलाका ग्राहक टेकनाथ खरेलले गुनासो गरे । बढदै गरेको आर्थिक संकटको अबस्थामा जसो तसो ऋण तिरिरहेको भएता पनि प्रबन्धक साहले घरमा गएर लिलाम गरिदिन्छु भन्दै धम्काएको खरेलले बताए । यस अघिका प्रबन्धकहरु संग सुमधुर सम्बन्ध रहेको बताउदै खरेलले अहिले आएका प्रबन्धकको ब्यबहार ग्राहकमैत्री नभएको गुनासो गरे ।
यस्तै कुमारी बैक यमुनामाइ शाखाका प्रबन्धक गोपाल भोलनले पनि ग्रहाकलाइ धम्काएको गुनासो आएको छ । शाखा प्रबन्धक भोलनले चन्द्रपुर ४ का ग्राहक राज हुमागाईलाइ धम्काएका हुन । भोलनले आउदा दिनमा ऋण नै नबिकरण नगर्ने धम्की दिएको हुमागाईले बताए । करोडौको धितो राखेर पनि किस्ता तिदै आउदा बैकका कर्मचारीले मानसिक तनाब दिएको उनको गुनासो छ ।
यता कुमारी बैक चन्द्रनिगाहपुर शाखाका प्रबन्धक केशर कुमार साहले आफुले त्यस्तो नगरेको बताएका छन । ऋण असुलीको लागी गाउतिर गएको तर त्यस्तो ब्यबहार नगरेको प्रबन्धक साहको भनाइ रहेको थियो ।
कुनै पनि बैकले यो अबस्थामा धम्की दिनु गैर जिम्मेबारपन भएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताएका छन । कुनै पनि बहानामा ब्यपारीलाई बैकका कर्मचारीले तनाबपुर्ण धम्की दिएका छन भने भोली त्यसबाट हुने घटनाको सम्पुर्ण जिम्मेबार सोही बैक हुने समेत अध्यक्ष सापकोटाले बताए । यहाका बैकले सुरक्षित रुपमा धितो राखेका छन र बैकले दिन मिल्ने न्युनतम रकम मात्रै ऋण दिएको हुदा बैक कर्मचारीको धम्की खेदजनक रहेको अध्यक्ष सापकोटाको भनाइ रहेको छ । यता चन्द्रपुर नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष खडग बम्जनले नेपाल राष्ट्र बैकको निति र निर्देशन बिपरित कुमारी बैकले आफना ऋणीहरुलाइ धम्काएको बताए । ऋण कसैले पनि रहरले लिएको हुदैन र तिर्ने इच्छा सबैलाइ हुन्छ ,बाध्यताले केही दिन ढिला हुदैमा बैकका कर्मचारीले धम्काउछन भने त्यसको परिणाम राम्रो नहुने संस्थापक अध्यक्ष बम्जनले बताएका छन ।