Wednesday, December 6, 2023

एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्र्तरगत चन्द्रपुरको १० वटै वाडमा भेला हुने

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्र्तरगत रौतहटको चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुमा भेला आयोजना गरिने भएको छ ।
सोमबार नेकपा एमाले चन्द्रपुर नगर कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्र्तरगत नगर कमिटिको बिस्तारीत बैठक तथा अभिमुखीकरण कार्यक्रमबाट यस्तो निर्णय भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले नेकपा एमाले अब तल्लो कमिटिमा पुगेर समस्याको पहिचान गरी समाधान गरेर मात्रै अगाडी बढने बताएका छन ।
नेकपा एमाले पार्टी जनताको हरदम सुखदुखमा रहने पार्टी भएको कारण पनि तल्लो तहका कार्यर्ताहरुलाइ भेटेर उनीहरुको सल्लाह अनुसार नै अगाडी बढने पौडेलले बताए ।
उक्त बिस्तारीत बैठक तथा अभिमुखीकरण कार्यक्रमकी बिशिष्ठ अतिथि तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मन्जु थापा मगरले नेकपा एमाले पार्टीले तल्लो तहबाट नै ब्यापक रुपमा सुदृढिकरण अभियान चलाएको बताएकी छिन ।
उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा रौतहट क्षेत्र नं. ४ का संयोजक प्रेम शंकर यादब,प्रदेश कमिटि सदस्य बिर बहादुर गोले लगायतले रौतहटमा पार्टीको अबस्था बारे बोलेका थिए ।
यसैबिच सो बैठकले नेकपा एमाले चन्द्रपुर नगर कमिटि अन्र्तरगत १० वटा वाड कमिटिहरुको बैठक तथा भेला राख्ने निर्णय गरेको नगर कमिटि अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।
नगर अध्यक्ष आचार्यले दिएको जानकारी अनुसार वाड नं. १ मा फागुण १९ गते,वाड नं. २ मा फागुण २८ गते,वाड नं. ३ मा फागुण २७ गते,वाड नंं ४ मा फागुण २० गते,वाड नंं ५ मा फागुण २१ गते,वाड नंं. ६ मा फागुण २५ गते,वाड नं. ७ मा फागुण २६ गते,वाड न.ं ८ मा फागुण २८ गते,वाड नं. ९ मा फागुण २९ गते र वाड नं. १०मा फागुण ३० गते वाड स्तरीय बैठक तथा भेला हुने भएको छ ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कमिटीका पदाधिकारीहरु,वडा कमिटीका पदाधिकारीहरु नगर भन्दा माथिल्लो कमिटीका पदाधिकारीहरु, जन संगठनका नगर कमिटी का पदाधिकारी ,वडा कमिटी अध्यक्ष ,जिल्ला कमिटी वा सो भन्दा माथिल्लो कमिटिका सदस्य तथा पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधि तथा वडा अध्यक्ष र सदस्य का प्रत्यासि कमरेड हरु, पुर्व जनप्रतिनिधिहरु ,सल्लाहकार तथा पुर्व जिल्ला एवं क्षेत्रिय कमिटी सदस्य कमरेडरुको सहभागिता रहेको थियो ।पार्टीका नगर कमिटि सदस्य चिरन्जीबी गौतमको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका नगर उपाध्यक्ष राजेन्द्र तिवारीले स्वागत मन्तब्य राखेका थिए ।
यसैबिच नेकपा एमालेको २३ औ जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको रौतहट भेला यही फागुण २७ गते हुने भएको छ ।
रिटर्नी फेडेरेसनका स्थायी कमिटि सदस्य तथा रौतहट इन्चार्ज खेम कार्कीले नेपाल रौतहटका सबै देशबाट फर्केकाहरुले फागुन २० गते हुने पालिका अधिवेशन र फागुण २७ गते जिल्ला अधिवेशन हुने जानकारी दिएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...