चन्द्रपुर – रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहलाइ नेकपा एमालेले साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालय बैठकले नगर प्रमुख साह लाई पार्टीबाट निष्काशन गरेको हो ।
एमालेले साहलाई मेयर पदबाट निलम्बन हुने गरी नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादबले जानकारी दिएका छन ।
मेयर साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहका श्रीमती हुन । मेयर साहलाइ पार्टी बिरुद्ध गतिबिधि गरेको भन्दै यसअघि दुई पटक एमालेले स्पस्टीकरण सोधेको थियो । उनले स्पस्टिकरणको जवाफ नदिएको एमाले ले जनाउदै आएको थियो ।
कार्वाहीमा परेका अन्यलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको एमाले मधेश प्रदेश समितिका अध्यक्ष यादबले जानकारी दिए ।