Saturday, December 2, 2023

एमालेलाइ भित्ता पुराउछु भन्नेहरु आफै भित्तामा पुगे— एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,१४ चैत्र
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले पार्टीलाइ भित्तामा पुराउछौ भन्नेहरु आफै भित्तामा पुगेको बताएका छन । मंगलबार रौतहटको गौरमा आयोजित मिसन ग्रास रुट (पार्टी सुदृढिकरण तथा बिस्तार अभियान) कार्यक्रम अन्र्तरगत रौतहट जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । नेकपा माओबादी केन्द्र र नेकपा एसका नेताहरुलाइ इंगित गदै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाइ भित्तामा पुराउछु भन्नेलाइ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली जनताले नै उनीहरुलाइ भित्तामा पुराइदिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको बरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा एमाले पार्टी समानुपातिक मतमा पहिलो भएको र अब आउने निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने गरी योजनाबद्ध संग जनताहरुको काम गरिरहेको बताए । मिसन ग्रास रुटको मुख्य उदेश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरुको समस्याको समाधान र पार्टीलाइ जग देखि नै बलियो बनाउनु रहेको पोखरेलले बताए ।
यस्तै कार्यक्रमका अर्का अतिथि तथा नेकपा एमालेका केन्द्रिय कमिटिका सचिब रघुबिर महासेठले नेकपा एमाले पार्टी भनेको सालको रुख भएको बताएका छन । नेकपा एमाले मधेश प्रदेश इन्चार्ज समेत रहेका महासेठले नेकपा एमाले पार्टी साल रुख जस्तो बलियो पार्टी रहेको र अब मिसन ग्रास रुट कार्यक्रमले झन बलियो बन्दै गएको बताएका छन । नेकपा एमाले पार्टी जनताको पार्टी भएकै कारण मधेशमा एमाले पहिलो पार्टी बनेको सचिब महासेठको धारणा रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य द्धय अच्चयुत मैनाली,पुरुषोतम पौडेलले मिसन ग्रास रुटको उदेश्य बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,मधेश प्रदेश उपसचिब आरती भण्डारी,प्रभबाशाली नेता अजय गुप्ता, मधेश प्रदेशका महिला तथा बालबालिका मन्त्री जैद राजा,गृह तथा संचार राज्यमन्त्री केशब राय थारु लगायतको उपस्थीती रहेको थियो । पार्टीको रौतहट जिल्ला संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमेदवार अजय गुप्ताले स्वागत मन्तब्य राखेका थियो । कार्यक्रममा जिल्ला भरीका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...