Wednesday, December 6, 2023

चन्द्रनिगाहपुरका अधिकांश मासु पसल गुणस्तरहिन

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,१८ फागुण
रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य मुटुमा रहेको चन्द्रनिगाहपुर बजारको अधिकांश मासु पसल गुणस्तरहिन तथा मापदण्ड बिपरित चलेको पाइएको छ । चन्द्रपुर नगरपालिकाको बजार अनुगमन समितिले बुधबार र बिहीबार अनुगमन गर्दा सो भेटिएको हो । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर बजार तथा चोकको बिभिन्न मासु पसल तथा बिभिन्न पसलहरुको अनुगमन गरेको थियो ।
मसुजन्य पदार्थ बिक्री बितरणमा चरम लापरवाही भेटिएको अनुगमन समितिका सदस्य इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयालले जानकारी दिए । अधिकांश मासु पसल मापदण्ड भन्दा बाहिर संचालनमा रहेका छन तिनीहरुलाइ सचेत गराइ कानुनी दायरामा ल्याउनुपर्ने अधिकृत फुयालको धारणा रहेको थियो ।
मासु पसलको अनुगमन गर्दा बिगतका बर्ष भन्दा कुनै परिर्वतन नआएको अनुगमनकर्ता तथा उपभोक्ता हित संरक्षण मंचका रौतहट अध्यक्ष टिका घिमिरेले बताए । चन्द्रनिगाहपुरका अधिकांश मासु पसल फोहोर नै फोहोरको ढंगुरमा रहेको,मरेका कुखुरा बेच्ने गरेको,झिंगा नै झिंगा भन्कीएको,खुल्ला सडकमै बेच्ने गरेको अनुगमनमा भेटिएको थियो ।
चन्द्रनिगाहपुरको मिलनचोकमा रहेको अधिकांश मासु पसल मापदण्ड बिपरित संचालनमा आएको अनुगमन समितिका सदस्य घिमिरेले जानकारी दिए । कुनै पनि पसलमा मुल्य सुची नभएको,साइन बोर्ड नभएको लाखौको ब्यापार गर्दा पनि भ्याटमा दर्ता नभएको,मापदण्ड बिपरितका गुणस्तरहिन मासुको बिक्रि बितरण गरेको पाइएको घिमिरेले बताए ।
अनुगमन समितिका सदस्य तथा चन्द्रपुर नगरपालिकाको पशु शाखा दुर्गा प्रसाद चिमरियाले लापरवाही गर्ने मासु ब्यबसायीलाइ १ महिना सच्चिने समय दिएको र सो अबधि भित्र पनि कानुन अनुसार ब्यपार गरेको पाइए कार्वाही हुने बताएका छन ।
ब्यपारीले पसलमा मुल्य सुची राखे नराखेको,नापतौलको अबस्था,साइन बोर्ड भए नभएको,ब्यबसाय दर्ता भए नभएको,प्यान तथा भ्याटमा दर्ता भए नभएको बारे अनुगमन गरेको अनुगमन समितिकी सदस्य सचिब तथा चन्द्रपुर नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले जानकारी दिएकी छिन ।

अनुगमन टोलीले चन्द्रनिगाहपुरको मिलनचोकमा संचालित मकबुल फ्रेस हाउस,रिजवान फ्रेस हाउस,इस्लाम फ्रेस हाउस,अरमान फ्रेस हाउस,पाकिजा फ्रेस हाउस,शुसिल फ्रेस हाउसका संचालकलाइ एक हप्ता भित्र मापदण्ड भित्र रहेर ब्यबसाय संचालन गर्न सचेत गराएको सदस्य सचिब बरालले बताइन ।
यसैबिच सोही टोलीले बिहीबार पनि बजारको अनुगमन गरेको छ । टोलीले बिभिन्न किराना पसलमा छडके अनुगमन गरेको थियो । ति पसलहरुबाट म्याद नाघेको खानेतेल,चनाको सातु,गुल्कोज आदी बरामद गरी नष्ट गरेको छ ।
बजारमा कालो बजारी रोक्ने तथा गुणस्तरहिन समान बिक्री बितरण गर्नेलाइ सचेत गराउने उदेश्यले चन्द्रपुर नगरपालिकाले बेला बेलामा बजार अनुगमन गर्ने निति लिएको बजार अनुगमन समितिकी सदस्य तथा नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले बताइन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...