Thursday, December 7, 2023

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा चन्द्रपुरमा प्रभातफेरी

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज चन्द्रपुर नगरपालिकाले प्रभातफेरीको आयोजना गरेको छ । चन्द्रपुर नगरपालिका कार्यालयबाट शुरु भएको प्रभातफेरी चन्द्रपुर बजार हुदै चन्द्रपुर चौकमा आएर समापन भएको थियो । प्रभातफेरीसंगै उपभोक्ताहरुको प्रत्यक्ष सरोकार रहेको मासुजन्य पसलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले उपभोक्ताहरुको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको मासुजन्य बस्तुलाई व्यवस्थित गरि विक्री वितरण गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले बारम्बार अनुगमनको क्रममा सचेत गराउदा समेत मासु विक्रेताहरुले अटेर गरि खुल्ला रुपमा सडकमै मासु विक्री वितरण गरेकोले अव उप्रान्त यसरी विक्री वितरण नगर्न आग्रह गर्नुभयो । नगरपालिकाको अनुगमन टोली यसरी खुल्ला रुपमा विक्री वितरण गरे सामान जफत गरि नष्ट गर्ने चेतावनी समेत दिनुभयो । बारम्बार उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गरेर विक्रेताले मासु बेच्नुपर्नेमा व्यवस्थित रुपमा विक्री वितरण नगरेकाले अवका दिनमा नगरपालिकाले समेत व्यवस्थित मासु विक्री वितरणको लागि पहल गर्ने बताउनुभयो । सो अवसरमा उपप्रमुख जयमाला कुमारी चौधरीले चन्द्रपुरमा रहेको अव्यवस्थित माछा,मासु पसललाई व्यवस्थित गर्न नगरपालिकाले योजना बनाएकोले व्यवस्थित रुपमा विक्री वितरणका लागि चाडै काम अगाडि बढाउने बताउनुभयो । तर विक्रेताले समेत सामान विक्री गर्दा सफा सुग्घर,व्यवस्थित रुपमा विक्री वितरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिव झरेन्द्र प्रसाद चापागाईले अनुगमनको क्रममा अव्यवस्थित रुपमा माछा,मासु विक्री वितरण गरेको पाइएकोले अवका दिनमा व्यवस्थित रुपमा विक्री वितरण गर्न आग्रह गर्नुभयो । व्यापारीहरु अटेर गरेर जनस्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको सरसफाईलाई ध्यान नदिदा त्यसबाट स्वास्थ्यमा पर्ने असरलाई ख्याल गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक एक नराायण कोइराला,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा,वडा नं। ६ का वडा अध्यक्ष सहदेव केसी, वडा नं। ७ का वडा अध्यक्ष विष्णु प्रसाद उप्रेती, वडा नं। ८ का वडा अध्यक्ष जितेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्य नेत्र कुश्वार,चन्द्रपुर नगरापालिकाका कर्मचारीहरु,प्रहरी जवानहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...