Wednesday, December 6, 2023

बैकको चर्को ब्याजदरका कारण व्यापारीहरू मर्कामा — नगर प्रमुख काफले

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफलेले होटल ब्यबसाय लाई मर्यादित बनाउदै पर्यटन प्रबद्धन गर्ने खालका कार्यक्रम गर्दै जानु पर्ने बताउनु भएको छ । रौतहटको चन्द्रनिगाहपुर स्थित होटल एन प्लाजाको सभाहलमा आयोजित सो भेलाको उदघाटन गर्नुहुदै नगर प्रमुख काफलेले यस्तो बताउनु भएको हो । नगर प्रमुख काफ्लेले व्यवसाय यस्तो होस् जसले स्थानको परिचय दिन सकोस् भन्नुभएको छ । प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख काफ्लेले पर्यटन क्षेत्रको विकास नै होटल व्यवसाय सफल हुने आधार हो भन्नुभएको छ । रौतहटमा पर्यटन उद्योगको सम्भावना अधिक रहेको औँल्याउनुहुँदै नगर प्रमुख काफ्लेले ती पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रचारप्रसार हुन सके चन्द्रपुर नगरपालिकाको नाम पनि प्रसिद्ध हुने बताउनुभयो । पर्यटकको आवागमन बढेमा होटल व्यवसाय फस्टाउने भएको हुँदा होटल र पर्यटन व्यवसाय एक अर्काका परिपूरक रहेको बताउनुहुँदै उहाँले पछिल्लो समय बैङ्कको चर्को ब्याजदरका कारण व्यापारीहरू मर्कामा परेका र पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले उक्त समस्याको समाधानका लागि कार्यपालिका बैठकमा छलफल गरी ठोस निर्णय लिने आश्वासन समेत दिनुभएको छ ।
उहाँले चन्द्रपुर नगरपालिका भित्रको पर्यटकीय स्थल भूमाफियाको कब्जामा पर्दै जानलागेकोले यसको विरुद्धमा सिङ्गो नगरवासीले खबरदारी गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख झपेन्द्रप्रसाद चापागाईँले पर्यटन व्यवसायको सम्भाव्यता अध्ययन गरी लगानी गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाले राजीखुशी बास बस्न आएकालाई दुख दिन नहुने बताउनु भयो । पर्यटनको सम्भाबना बोकेको रौतहटमा गुरुयोजना सहित कार्य गर्न जरुरी रहेको उहाले बतउनु भयो । होटेल तथा पर्यटन ब्यबसायी संघ रौतहटका अध्यक्ष शिबराम राउतको सभापतित्वमा भएको कार्यक्रममा बिनोद गुप्ताले स्वागत मन्तब्य राख्नु भएको थियो । चिरन्जिबी गौतमले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब पुरी, नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य सञ्जय कार्की, चन्द्रपुर नगरपालिकाका वडानम्बर ४ का अध्यक्ष रबी राना मगर वडा नम्बर ६ का अध्यक्ष सहदेब केसी,नेपाल फुटबल संघका मधेश प्रदेश अध्यक्ष नेपाल कार्की सहितका अतिथीहरुले शुभकामना दिएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला, शसस्त्र प्रहरी बेश क्याप सन्तपुरका प्रमुख भारती,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी निरिक्षक बिमला कठायत,संचारकर्मी तथा होटल ब्यबसायीहरुको उपस्थीती रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...