चन्द्रपुर – विश्व रेडक्रस दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
एक कार्यक्रमका बिच उपशाखा चन्द्रनिगाहपुरले चन्द्रनिगाहपुरको मुख्यचोकमा साझ दिप प्रज्वलन कार्यक्रम गरेको छ । सो कार्यक्रममा उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारी,उपसभापति शोभा खरेल,सचिब लालबाबु साह,उपसचिब राजेन्द्र तिवारी,कोषाध्यक्ष संजय कार्की,उप कोषाध्यक्ष रमेश तिमलसिना,सदस्य कोपिला तिमलसिना,शिक्षक शेखर पहाडी,नेपाल प्रहरीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले दिप प्रज्वलन गरी सो कार्यक्रमको शुरुवात गर्नुभएको थियो । समाजमा रेडक्रसको योगदान र रेडक्रसले खेलेको भुमिका बारे सभापति अधिकारीले चर्चा गर्नुभएको थियो । यसैगरी रेडक्रस दिवश कै अबसर पारेर बिहान चन्द्रपुर एकेडेमीमा चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोगमा रक्तदान तथा रगतको ग्रुप पहिचान कार्यक्रम गरेको थियो । सो कार्यक्रममा ९ जनाले रक्तदान गरेको र कक्षा ७ र ८ मा अध्ययनरत बालबालिकाको रगत ग्रुपको पहिचान गरेको चन्द्रनिगाहपुर रेडक्रस उप शाखाका उपसचिब राजेन्द्र तिवारीले जानकारी दिएका छन ।
यस्तै नेपाल रेडक्रस सोसाईटी रौतहट शाखा गौरले पनि बिभिन्न कार्यक्रम गरि दिवश मनाएको छ ।
रेडक्रसको संस्थापक महामानव ज्याँ हेनरी ड्युनाको जीवनीबारे बिचार बिमर्श तथा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंहले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति श्री राज किशोर प्रसाद यादवको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा जिल्ला शाखाको पदाधिकारी,सदस्य र स्वंयसेवक र युरेस आइ. सि.टि.ई. एच.ए. क्याम्पस गौरका पदाधिकारी, बिधार्थी,सदस्य र साधारण सदस्यहरूको सहभागिता रहेको थियो।
यसैबिच नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर नगरपालिका वाड नं. १० निवासी आगलागी पिडितलाइ राहत हस्तान्तरण गरेको छ । चन्द्रपुर १० निवासी जादोलाल रामलाइ उपशाखाकी उपसभापति शोभा खरेलले सो राहत समाग्री हस्तान्तरण गरेकी हुन ।