Thursday, December 7, 2023

एनआइसी एसिया बैकले ग्राहक ठगेको आरोप

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – ऋण लगानी गर्दा एन आईसी एशिया बैकका कर्मचारीले ग्राहकसंग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ । आफुहरु ठगीएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए ।जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धान जारी राखिएको बताउनु भयो ।ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८का प्रोपाईटर संग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएपनि फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेका हुन । कर्जा प्रबाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ता संग बुझन खोज्दा उनी सम्पर्क बिहीन बनेका छन । कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपुर्ण ऋण स्वीकृत गरेपछि एन आईसी एशिया बैक गरुडाका प्रबन्धक गप्ताले अशोका एग्रिकल्चर दुर्गाभगबती–१का प्रोपाईटर अशोक कुमार साह संग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेकनम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो । साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो ।
स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्बनै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्न ब्यबक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ । यस्तै जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घर सहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साह संगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राय यादबको नाममा ९ लाख ९० हजार, चेकनम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६३ बाट माधब प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८का चेकको बिबरण बैकले नदिएको बताइएको छ । एन आईसी एशिया बैक प्रधान कार्यालयका मुख्य गुनासो ब्यबस्थापन अधिकारी अर्जुन राज खनियाले आफुले यस बिषयमा बोल्न नमिल्ने बताउनुभयो । साभार ः न्युज अफ नेपालबाट

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...