चन्द्रपुर,३ कार्तिक
हरेक बर्ष दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट आफ्ना ग्राहकले पाउन् भन्दै निकाल्ने गर्दछ । चाडपर्वको समयमा मानिसहरुले नयाँ नोटको बढी खोजी गर्छन् । तर, दशैं तिहार लक्षित नयाँ नोट रौतहटमा भने आईपुगेको छैन । रौतहटमा रहेका अधिंकाश बैँकले नयाँ नोट नल्याएकाले सर्वसाधरणले नयाँ नोट नपाएका हुन् । यो वर्ष नयाँ नोट नआएको बैँकका कर्मचारीहरु बताँउछन् । बैँकमा नयाँ नोट सटहीका लागि उल्लेखनिय मात्रमा ग्राहक आएपनि दिन नसकिएको उनीहरु बताँउछन् । राष्ट्र बैंकले यो वर्षसर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने गरी नियम बनाएको छ । तर, जिल्लामा नयाँ नोट नआउँदा सेवाग्राही निराश बनेका छन् । दशैँको समयमा बैंकमा चाप हुने गरेपनि सेवाग्राहीले नयाँ नोट नपाउँदा निराश भएको चन्द्रनिगाहपुरका स्थानियहरु बताँउछन् । नयाँ नोटका लागी बैंकमा ग्राहकहरुको भिड लाग्ने भएपनि नहुँदा समस्या भएको चन्द्रपुरमा रहेका बैँकका शाखाहरुले जनाएको छ । दशैं तिहारमा टीका लगाएर दक्षिणाका रुपमा नयाँ नोट दिने प्रचलन रही आएको छ । यस्तै, चाड पर्वका बेला बैंकले पनि नयाँ नोट ग्राहकहरुका लागि भन्दै उपलब्ध गराउने गरेको छ । तर, यस पटक रौतहटका नागरिक नयाँ नोट पाउनबाट वञ्चित भएका छन् । नया नोट लिन यहाका नागरिकहरु बिरगंज स्थीत नेपाल राष्ट्र बैक धाएका छन । गत बर्ष निजी बैकहरुले पनि दिदै आएको नया नोट नहुदा चन्द्रपुरका बासिन्दाहरु पुरानै नोट चलाउन बाध्य रहेका छन ।