Thursday, December 7, 2023

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,५ कार्तिक
छुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया धामीको शव फेला परेको थियो ।
शनिबार दिउँसो घाँसपात गर्न भनी चाँदी खोला पारी रहेको रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृतक धामी सँगै गएका अन्य दुईजना समेत हात्तीको आक्रमणबाट घाइते भएका छन् । घाइते हुनेहरुमा राजपैडा घर भएका ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी रहेका छन्। घाइते द्धयको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको सोही अस्पतालका डा. सुवास चौधरीले जानकारी दिएका छन । जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको सेना, प्रहरी, बन् कार्यालयका कर्मचारी लगायत स्थानीयको सहयोगमा शव खोजेर उद्दार गरिएको थियो । शवको पोस्टमार्टम गर्न जिल्लाको प्रादेशिक अस्पताल गौरमा लागिएको प्रहरीले जनाएको छ । केही महिना अगाडी पनि चन्द्रपुर ४ की एक महिलाको हात्ती कै आक्रमणबाट ज्यान गएको थियो ।
यता राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजदेवी ९ का वीरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा आइतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए। स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचार पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

त्यसैगरी आइतबार चन्द्रनिगाहपुरमा एक जना पुरुषको शव फेला परेको छ ।दोलखाको जिरी घर भई चन्द्रपुर नगरपालिका–४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका हुन् ।उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मिस्त्रीको काम गर्दै आएका थिए । सोही घरको भुईं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles