Wednesday, December 6, 2023

बसपार्कको काम छिटो गर्न माग राख्दै टेकानटोलमा सरोकारवालाहरुको भेला

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,२३ असोज
रौतहकोे चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित टेकान टोलका स्थानियहरुले बसपार्कको काम छिटो गर्न माग राख्दै मंगलबार सरोकारवालाहरु संग भेला राखेको छ । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफले सहित सरोकारवालाहरुसँग टेकानटोल बसपार्क निमार्ण,स्वास्थ्य चौकीको माग र चाँदी खोला दोहन रोकथाम गर्ने बारे गहन छलफल भएको थियो ।
द युनिटी अफ टेकान टोलको आयोजनामा भएको सो कार्यक्रममा स्थानियहरुले आफुहरु चाँदी नदिको कटानको जोेखिमा रहेको र सो स्थानको मुहार फेर्ने आयोजनाको रुपमा रहेको बसपार्क सञ्चालन नहुँदा निराश बन्नुपरेको गुनासो गरेका थिए ।
द युनिटी अफ टेकान टोल समुहका संयोजक सोम गुरुङ्गले टेकान टोल वर्षौदेखि आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परिरहेकाले यसको समग्र विकासको लागि नगरपालिकाले ठोस योजना बनाएर अघि बढ्नुपर्ने माग गरे ।
उनले सो स्थानमा बसपार्क सञ्चालन हुने बित्तिकै टेकान टोलमा आर्थिक कृयाकलापहरु बढ्ने भएकाले यसको सञ्चालनमा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै त्यसको लागि आफुहरु निशुल्क श्रमदान गर्न पनि तयार रहेको प्रतिवद्धता जनाए । उनले रोजगारीको अभावमा टेकानका युवाहरु खराब बाटोमा लागेको , लागू औषध दुव्र्यवसनी बनेको भन्दै युवाहरुलाई रोजगारका कार्यक्रम ल्याउन नगर प्रमुख समक्ष माग गरे । ४ वर्ष अधि स्थापना भएको द युनिटी अफ टेकान टोल समुहले विभिन्न सामुदायिक कार्यहरु गरेको स्मरण गर्दै टेकानटोलवासीलाई नेताहरुले भोट बैंकको रुपमा मात्र प्रयोग गरेको तर चुनाव जितेपछि बिर्सिएको गुनासो व्यक्त गरे ।
वि.सं. २०६९ असोज १५ गते स्थानीयको सहयोग अनि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको पहलमा सो बसपार्कको उद्घाटन भएको तर हालसम्म सञ्चालनमा नआएको गुनासो गर्दै स्थानिय प्रताप लामाले यसलाई कुनैपनि हालतमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले उद्घाटन हुँदा ठूलो संख्यामा स्थानीय र गाडी मजदुर भेला भएर बाजागाजा सहित सदरमुकाम गौर चल्ने ३० वटा बस र आधा दर्जन टाटा सुमोलाई एकैसाथ लाइन लगाएर बसपार्कसम्म पु¥याइएको स्मरण गर्दै उद्घाटन भइसकेको बसपार्क संचालन हुन नसक्दा चन्द्रपुरको मुख्य बजार क्षेत्र पूर्व—पश्चिम राजमार्गको तथा गौर–चन्द्रपुर बिरेन्द्र राजमार्ग दाँयाबाँया जथाभावी पार्किङ हुन थालेपछि बजार अस्तव्यस्त हुदै गएकोले सरोकारवाला सबैको यसमा ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।
शान्ति सामुदायिक वनका अध्यक्ष नविन लामाले चाँदी खोलालाई समयमै तटबन्द लगायतका उपायहरु अपनाएर नियन्त्रण नगर्ने हो भने टेकान टोल मात्र नभएर समग्र चन्द्रपुरनै बाढीको चपेटामा आउन सक्ने जोखिम उच्च रहेको भन्दै यसको लागि जनप्रतिनिधी , सरोकारवाला निकायहरु गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले चन्द्रपुर नगरपालिका सदैव टेकान टोलवासीको साथमा रहेको जनाउँदै २ विगाह ५ कट्ठा क्षेत्रफलमा फैलिएको , १ सय ५० भन्दा बढि सवारी साधन पाकिङ्ग गर्न क्षमता रहेको सो बसपार्क निमार्णको लागि नेपाल सरकारले ८ करोड रुपैयामा ठेक्का लगाइसकेको र चाँडै काम सुरु गर्न ठेकेदार कम्पनिलाई आफुले दवाव दिइरहेको बताए ।
उनले चाँदी खोला दोहन रोक्दै यसको नियन्त्रण गर्न आफु लागिरहेको जानकारी गराउँदै चन्द्रपुर नगरपालिका नगरवासीको हितमा सदैव कामहरु गरिरहने प्रतिवद्धता व्यक्त गरे । शान्ति सामुदायिक वन र जिक्तेन पाल्जोर गुम्बा समितिको सहकार्यमा सम्पन्न सो कार्यक्रममा भू तथा जलाधार कार्यालय, डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय , जनप्रतिनिधी, सञ्चारकर्मी तथा ठुलो संख्यामा स्थानियको सहभागिता रहेको थियो । कार्यक्रममा बृद्धहरुलाइ सम्मान र अतिथिहरुलाइ मायाको चिनो प्रदान गरेको आयोजक संस्थाका संयोजक गुरुङले जानकारी दिएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...