चन्द्रपुर,१ कार्तिक
रौतहटको चन्द्रपुरमा रहेको बालनिकेतन माध्यमिक विद्यालयले दशैको अबसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा वुधबार एक कार्यक्रमको आयोजना गरी शुभकामना कार्यक्रम आदान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गुरु राम प्रसाद घिमिरे अतिथिहरुलाइ टिका र जमरा लगाइदिनुभएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोईरालाले बडा दशैको शुभकामना दिनुहुदै बिद्यार्थीहरुले गर्नुपर्ने र गर्न नहुने कामको बारेमा जानकारी गराउनुभएको छ ।
हिजोआज समाजिक संजाल सर्तक भएर चलाउनुपर्ने र लागु औषधको कुलतबाट जोगिन बिद्यार्थीहरुलाइ उहाले आग्रह गर्नुभएको थियो । यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सुशिल आचार्यले यस्ता प्रकारको कार्यक्रमले सदभाब बढाउने प्रतिक्रिया दिनुभएको छ ।
उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । दशैको टिका तथा जमरा लगाउँदा अधिंकाश विद्यार्थी उत्साहित भएको उहाँको भनाई छ । डिएसपी कोइरालाले बिद्यार्थीहरुलाइ टिका र जमरा लगाइदिनुभएको थियो ।
यसैबिच सोही कार्यक्रममा प्रदेशस्तरिय चित्रकलामा तेश्रो भएका रिसिका रौनियार र जिल्ला स्तरीय समुदायमा नेपाल प्रहरीको भुमिका शिर्षकमा निवन्ध लेखनमा तेश्रो भएका विनम अधिकारीलाइ डिएसपी कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सोही बिद्यालयका एकेडेमिक डाईरेक्टर दिपक कुमार रेग्मीले एक आपस बिचको सदभाब बढाउने उदेश्यले यस्ता किसिमको कार्यक्रम नियमित रुपमा गदै आएको बताउनुभएको छ । हरेक बर्ष बाल निकेतन बिद्यालयले आफना बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाइ टिका लगाएर दशैको शुभकामना दिने र बिदाइ गर्ने गरेको उहाले जानकारी दिनुभयो ।
सो कार्यक्रमको संचालन विनोद राज लौडारीले गर्नुभएको थियो भने एकेडेमिक डाईरेक्टर दिपक कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । बालनिकेत आवसीय माध्यमिक विद्यालयले हरेक बर्ष चाडपर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गर्दै आएको छ ।