चन्द्रपुर,असोज
हिन्दु राष्ट्र कायमको माग राख्दै रौतहटको चन्द्रनिगहपुरमा सदभाब र्याली निकालिएको छ । शनिबार बिश्व हिन्दु महासंघ रौतहटको आयोजनामा नेपाललाइ हिन्दु राष्ट्र कायम गरिनुपर्ने,गौ हत्या बन्द गर भन्दै सदभाब र्याली निकालिएको थियो । धार्मिक र सामाजिक सद्भाव कायम राख्न शनिबार धार्मिक सदभाव ¥याली कार्यक्रमको आयोजना गरिएको थियो ।चन्द्रनिगाहपरु मेन चोकबाट निकालिएको ¥यालीले नगरको परिक्रममा गरी लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो । ‘सद्भाव ¥याली’मा सहभागीले ‘गौ हत्याबन्द गरौँ’धार्मिक सद्भावकायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,‘धर्म परिवर्तन बन्द गरौँे ’हिन्दू–मुस्लिमभाइभाइ’लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा भागवत प्रचारक आचार्य श्री राघव उपाध्याय, नयाँ वृन्दावनगौशालाका पिठाधिश श्री दिनबन्धु शास्त्रीमाहाराज, लक्ष्मीनारायण मन्दिर पाञ्चालीविराटनगरका स्वामीअच्युतप्रपन्नचार्य सहित रौतहटका हिन्दु, मुस्लिम, बौद्ध लगायतविभिन्न सम्प्रदायका मानिसहरुको बाक्लो सहभागीता रहेको थियो ।
कार्यक्रममा आचार्य श्री राघव उपाध्यायले देशमा धार्मिक उन्माद बढाउने,सदभाव विगार्ने तथ ाशान्ति सुरक्षामा खललपुग्ने गरी अशान्ति मच्चाउने व्यक्ति तथा समूह सक्रिय रहेकाले त्यस्तमा संलग्नजुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
नयाँ वृन्दावनगौशालाका पिठाधिश श्री दिनबन्धु शास्त्रीले आफुहरु कुनै जातीधर्मको विरोधमा नभई राष्ट्रिय जनावर गाईको हत्या गरी सामाजिक एव मधार्मिक विद्धेष फैलाउनेको विरोधमा सामाजिक सदभाव कार्यक्रममा सहभागी भएको बताउनुभयो । आफुहरु सदैव धार्मिक तथासामाजिक सदभावकायम गराउने पक्षमा रहेको तर विगत केही समयदेखी देशमा धार्मिक द्धन्द तथा सांस्कृतिक वैमनस्यता फैलाउने कार्यको विरोधमा शान्ति तथा धार्मिक सदभाव कायम गराउने कार्यक्रम गरिएको बताउनुभयो ।
यस्तै स्वामी अच्युत प्रपन्नचार्यले लामो समय देखि देशमा रहेको सदभावलाई विथोल्ने तत्वहरु सक्रिय रहेको हुँदा त्यस्ता व्यक्तिको पहिचान गरी समाजबाट बहिस्कार गर्नुपर्ने बताउनुभयो । कहिलै पनि धार्मिक विभेद तथा द्धन्द नभएको देशमा पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत भइरहेका उत्सृखल गतिविधिको भत्सर्ना गर्दै उहाँले सो कार्यमा संलग्नलाई कानुनी कारवाहीमो दायरामाल्याउनुपर्ने बताउनुभयो ।
पछिल्लो समय सामाजिक संजालको दुरुपयोग गरी विभिन्र्न धर्म तथा समूदाय बिच द्वन्द गराउने क्रम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सदभाब र्यालीको आयोजना गरेको विश्वहिन्दु महाँसंघ रौतहटका अध्यक्ष डा. शालिग्राम उपाध्यायले बताउनु भएको छ ।