चन्द्रपुर,१५ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ । बुधकार चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको दलित जनजागरण आधारभुत बिद्यालयको ४ को भवनको उदघाटन गदै नगर प्रमुख काफलेले यस्तो बताउनुभएको हो । गुणस्तर शिक्षणको लागी सुबिधा सम्पन्न बिद्यालय भवन अनिवार्य रहेको जानकारी दिदै नगर प्रमुख काफलेले आफनो नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयमा आवश्यक पर्ने भवन निमार्ण गर्नको लागी सधै तत्पर रहेको बताउनु भयो । शिक्षा समाजको अपरिहार्य अंग भएको हुदा यसको बिकाशको लागी केही महिला अगाडी नगरपालिका आफलै शिक्षकहरु माग गरी आवश्यक बिद्यालयमा शिक्षक पठाइएको समेत उहाले स्मरण गराउनुभएको थियो । आर्थिक बर्ष २०७९÷०८० मा मात्रै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत चन्द्रपुरमा ४ वटा बिद्यालयमा नया भवन निमार्ण भएको नगर प्रमुख काफलेले बताउनु भयो ।
दलित जनजागरण आधारभुत बिद्यालयको ४ को भवनको नगर प्रमुख काफलेले रिवन काटेर उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा नगर उप प्रमुख जयमाला चौधरीले चन्द्रपुर नगरपालिकामा शैक्षिक गुणस्तरको लागी भौतिक पुर्वाधारको साथ साथै गुणस्तरी शिक्षा शिक्षणमा पनि फडको मार्ने विस्वास लिएको बताउनुभएको छ ।
यसैगरी चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले आर्थिक बर्ष २०७९÷०८० मा मात्रै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत चन्द्रपुरमा ४ वटा बिद्यालयमा नया भवन निमार्ण भएको जानकारी दिनुभयो । जस अन्र्तरगत दलित जनजागरण आधारभुत बिद्यालयको ४ को भवन ४५ लाखको लागतमा निमार्ण सम्पन्न भएको मण्डलले जानकारी दिनुभएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिका वाड नं. ३ को जनहित आबि,चन्द्रपुर—८ मा रहेको ओम माबि,चन्द्रपुर २ मा रहेको महेन्द्र माबि गरी ४ वटा बिद्यालयमा भवन निमार्ण कार्य सम्पन्न भएको उहाले जानकारी दिनुभएको छ ।
सो बिद्यालयकी ब्यबस्थापन समितिकी अध्यक्ष उर्मिला पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सोनेलाल यादबले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा शसस्त्र प्रहरी सन्तपु्र बेस क्याम्पका डिएसपी नबराज तामाङ,संचारकर्मीहरु,अभिभाबक,बिद्यार्थी,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।