रौतहटका एमालेबाट जितेका ३ जना मेयर २ जना उपमेयर संग स्पष्टीकरण माग

0
558

चन्द्रपुर – गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाब जितेका ३ जना नगर प्रमुख र २ जना उप प्रमुखलाइ नेकपा एमाले प्रदेश कमिटिले स्पष्टीकरण माग गरेको छ । नेकपा एमालेले मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,उप प्रमुख नागेन्द्र यादब,देवाही गुनाही नगरपालिकाका नगर प्रमुख प्रेम साह, उप प्रमुख परनिया देबी र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल संग स्पष्टीकरण माग गरेको हो ।
आउदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उमेदवारमा अन्तिम समयमा आएर एमाले छाडेर स्वतन्त्र उमेदवारी दिएका प्रभु साहको प्रचार प्रसारमा उनीहरु हिडदै आएका छन ।
पार्टीको निर्णय बिरुद्ध किन लागेको भन्दै प्रदेश कमिटिका अध्यक्ष राम औतार यादबले उनीहरुलाइ पत्र मार्फत २४ घण्टा भित्र स्पष्टीकरण दिन माग गरेका छन ।
नेकपा माओबादीबाट प्रभु साह संगै आएका ति जनप्रतिनिधिहरु प्रभु साहले पार्टी छाडेपछि प्रभु साहकै प्रचार प्रसार अभियानमा लागेका छन । उनीहरु संगै प्रभु पक्षका एमालेबाट जितेका वाड अध्यक्षहरु पनि साहको प्रचार प्रसार अभियानमा लागेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here