चन्द्रपुर – रौतहट दुग्ध उत्पादक सहकारी संघले दुधको मुल्यबृद्धिको माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गदै रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीले किसानले दुधको उचित मुल्य नपाएको भन्दै पत्रकार सम्मेलन मार्फत दुधको मुल्य अभिलम्ब बढाउन आग्रह गरे ।
गरीब विपन्न किसानहरुको आयआर्जनमा टेवा पुयाउने काम गर्दै आयको दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुको आफैले सहकारी गठन गरी दूध संकलन गरीरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
वैदेशिक रोजगारमा गएका युवापती पनि हाल दुग्ध उत्पादन पेशामा लागि रहेको अवस्थामा व्यवसायीक पशपालन गरी दुग्ध उत्पादन क्षेत्रमा अघि बढिरहेको अवस्थामा यस पेशाप्रति आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन मुख्य हात रहेको अध्यक्ष अधिकारीको भनाइ रहेको थियो ।
फागुन १ गते दूधको मूल्य वृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सीमा भित्र दूधको मूल्य वृद्धि नभएमा डेरी उद्योगीहरुको संन्वयमा संयुक्त घोषणा गरी दूधको मूल्य वृद्धि गर्ने र कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई स्वदेशमै दूधलाई आत्मनिर्भर गराउने अध्यक्ष अधिकारीको धारणा थियो ।
पशुपालन पेशाबाट युवापंक्तिहरु पलायन हुने अवस्थाबाट बचाई पशुपालन पेशालाई आकर्षित गर्न लागतको आधारमा मूल्य वृद्धि गर्न अपरिहार्य भएको हुँदा लागत अनुसारको मूल्य वृद्धि गरि स्वदेशमा दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन मूल्य वृद्धिको लागि उनले अपिल गरे । जिल्ला दुग्ध सहकारी संघ संस्थाहरुले दूधको मूल्य वृद्धि गर्नको लागि जिल्लामा रहेका कृषकहरुको सहभागितामा माघ २७ गते पत्रकार सम्मेलन गर्ने किन्द्रय कार्यक्रम अनुसार पत्रकार सम्मेलन गरेको समेत अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा रौतहटका बिभिन्न दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । रौतहटमा हाल सम्म ४६ वटा सहकारीले दुग्ध उत्पदान सम्बन्धी काम गदै आइरहेका छन भने दैनिक ३२ हजार लिटर भन्दा बढी दुध उत्पादन भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।