Thursday, May 23, 2024

नेकपा एमाले चन्द्रपुर नगर कमिटि सचिवालयको बैठकद्धारा बिभिन्न निर्णय

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – ने क पा एमाले चन्द्रपुर नगर कमिटीको सचिवालय बैेठक शनिबार सम्पन्न भएको छ। बैठकले आउदो असार १५ गते भित्र पार्टीका सदस्यहरुले सदस्यता नबिकरण गराइ सक्न र नया सदस्यताको फारम भराइ सिफारिस गर्न १० वटै वाड कमिटिलाइ निर्देशन दिने निर्णय भएको छ ।
बैठकले चन्द्रपुर नगरपालिका वाड नं. २ र ३ को वाड भेला असार ९ गते र वाड नं. ६,७, र १० को भेला असार १५ गते भित्र आयोजना गर्ने निर्णय भएको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन । चन्द्रपुर नगरपालिकाको नगर सभा हुनुअघि पूरा गर्न १८ बुँदे माग राखि ज्ञापन पत्र बुझाएकोमा नदिजन्य पदार्थ ,पोखरी,बजार ठेक्का लगाउने , मर्धर सिमसार जग्गा फिर्ता ल्याउन मुद्दा दर्ता गर्ने बाहेक अरु मागहरुको सम्बोधन नभएको सन्दर्भमा नगर संसदीय बोर्डको बैठक बसि नगरपालिकाको हर हिसाब सार्वजनिक लगायत अन्य मागहरु पूरा गर्न थप दवाव दिने समेत निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए ।यसैगरी भुमि आयोगको नगर स्तरिय सर्वदलीय संयन्त्र पार्टीका नगर अध्यक्ष शिव आचार्यले प्रतिनिधित्व गर्ने ,नगर स्तरिय दलिय संयन्त्रको बैठक तुरुन्त राखि जग्गा नापी लगायतमा देखिएका समस्या र भईरहेको गलत गतिविधि हटाई कानुनी प्रकृयागत ढंगबाट अघि बढ्न दवाव दिने निर्णय भएको उनले बताए ।
बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,प्रदेश सदस्य अमर आले,बाबुराम दाहाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles