चन्द्रपुर÷रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ को भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सोमबारबाट शुरु भएको छ । सो कार्यको शुभारम्भ चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख काफलेले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच कार्यले अब्यबस्थीत बसोबासको समस्या समाधान गर्ने बताए । काम गर्दा आइपर्ने समस्या समाधानको लागी आफुले सक्दो सहयोग गर्ने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिति अध्यक्ष लक्ष्मण रेग्मीले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सम्बन्धी नियम कानुनको बारेमा प्रकाश पारेका थिए ।
यसैगरी राष्ट्रिय भुमी आयोगका रौतहट जिल्लाका पुर्व अध्यक्ष उद्धब प्रसाद रेग्मीले भुमिहिन र अब्यबस्थीत बसोबासको समस्याको समाधान गर्ने निकाय भुमी आयोग नै भएको हुदा यसमा गम्भीर भएर लाग्न आग्रह गरेका थिए ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,भुमी आयोग रौतहटका सदस्य टिका आचार्य,लक्ष्मी बराल बिभिन्न निकायका सरोकारवालाहरु ,स्थानिय भद्रभलादमी, बुद्धीजीबी,जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ को ३ सय ६९ घर धुरीका अब्यबस्थीत जमिनको नापजाच हुने वाड अध्यक्ष रबि राना मगरले जानकारी दिएका छन ।
हाल सम्म चन्द्रपुर नगरपालिकाको वाड नं. ३,५ र ६ को नापजाच कार्य सकिएको राष्ट्रिय भुमी आयोग रौतहट जिल्ला समिति सदस्य टिका आचार्यले जानकारी दिएका छन । वाड नंं ३ बाट १७०१ घरधुरी,वाड नं. ६ बाट ५५१ घरधुरीको नापजाच कार्य भएको आचार्यले जानकारी दिए । यसैगरी वाड नं. ७ मा अधुरो जमिनको नापी कार्य भइरहेको उनले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ की वाड सदस्य प्रेमा कुमारी तिमलसिनाको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य वाड सदस्य बिनोद सिटौलाले राखेका थिए ।