रौतहट,२९ साउन
लोकतान्त्री आदीबासी जनजाती महासंघको रौतहट जिल्ला कार्य समितिको बिषेश अधिबेशन आइतबार सम्पन्न भएको छ । आइतबार भएको बिशेष जिल्ला अधिबेशनले बिनोद चौधरीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटि अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा मुना लामिछाने र सुर्य बहादुर वाइवा,सचिबमा लिल कुमार राना, सहसचिबमा सागर पहरी,कोषाध्यक्षमा निम बहादुर राई चयन भएको लोकतान्त्रीक आदीबासी जनजाती महासंघका मधेश प्रदेश सचिब नरेन्द्र कुमार रानाले जानकारी दिएका छन । यसैगरी सदस्यहरुमा रामबाबु चौधरी,आषिश दर्लामी,सम्झना अस्थानी,अन्जु कुश्वार,चन्द्र बहादुर थिङ,मन्दिप श्रेष्ठ,बादसाह तुमसिङ,संजना राइ,केसु पुलामी लगायत २३ जना रौतहट जिल्ला कार्य समिति चयन भएको मधेश प्रदेश सचिब रानाले जानकारी दिएका छन ।
उक्त जिल्ला अधिवेशनमा लोकतान्त्रीक आदीबासी जनजाती महासंघका केन्द्रिय उपाध्यक्ष देब नारायण चौधरीले आफनो हक र अधिकारको लागी सबै तहतप्काबाट लागी पर्नुपर्ने बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले देशमा भएको आमुल परिर्वतमा आदीबासी जनजातीको प्रमुख भुमिका रहेको दाबी समेत गरेका थिए ।
यसैगरी कार्यक्रमका अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले लोकतान्त्रीक आदीबासी जनजाती महासंघ नेकपा एमालेको बलियो भातृ संगठन भएको बताए । एमालेको हरेक क्रियाकलापमा लोकतान्त्री आदीबासी जनजाती महासंघका साथिहरुको निर्णायक भुमिका रहदै आएको केन्द्रिय सदस्य रेग्मीको भनाइ रहेको थियो ।
उक्त अधिवेशनमा नेकपा एमाले मधेश प्रदेशकी उप सचिब आरती भण्डारी, नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्य तथा लोकतान्त्री आदीबासी जनजाती महासंघ मधेश प्रदेशका इन्चार्ज खडग बहादुर बम्जन,रौतहट क्षेत्र नं. ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य केशब चौधरी, नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्यहरु,अखिलेश चौधरी,कृष्ण प्रसाद तिमलसिना,अमर बहादुर आले,बिर बहादुर गोल,लोकतान्त्री आदीबासी जानजाती महासंघका केन्द्रिय सदस्य यमलाल गोले,महासंघका मधेश प्रदेश सदस्य डोल बहादुर ठाडा मगर लगायत नेताहरुको सहभागिता रहेको थियो ।