‘चन्द्रपुरको शैक्षिक गुणस्तर सुधारमा मेयर काफलेको पहलकदमी’
शिक्षकहरुको पहिलो चरणको परिक्षा सम्पन्न

0
661

चन्द्रपुर÷रौतहटको चन्द्रपुर नगरपालिकाले स्वयंम सेवक शिक्षकको पहिलो चरणको परिक्षा आज शनिबार सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको शिक्षकहरुको परिक्षा शनिबार सम्पन्न भएको हो ।
शनिबार सम्पन्न पहिलो चरणको परिक्षामा माबि तहमा १२ जना,निमाबि तहमा ६८ जना र प्राबि तहमा २ सय १२ जना परिक्षार्थी सहभागी भएको चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकार कृष्ण प्रसाद सिग्देलले जानकारी दिनुभएको छ । स्वयंम सेवक शिक्षकको लागी चन्द्रपुर नगरपालिकाले माबि,निमाबि र प्राबिका ३०१ जनाको आवेदन स्वकृती भएको छ । माध्यमिक तहमा १३ जनाको माग गरिएकोमा १२ जनाको मात्र आवेदन स्वकृती भएको थियो जसमा १२ जना नै पहिलो चरणको परिक्षामा समेल भएका छन ।
निम्न माध्यमिक तहमा २१ जनाको माग रहेकोमा ७० जनाको आवेदन स्वकृती भएको थियो जसमा ६८ जनाले परिक्षमा सहभागिता जनाएको नगर शिक्षा अधिकारी सिग्देलले जानकारी दिनुभएको छ । प्रथामिक तहमा ३० जना शिक्षकको माग गरिएकोमा २१९ जनाको आवेदन स्वकृती भएको जसमा २ सय १२ जना परिक्षार्थी परिक्षामा समेल भएको उहाले जानकारी दिनुभयो ।
चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारमा गुणस्तरियता ल्याउनको लागी यो पहिलो कदम अनुसार नै शिक्षक भर्ना गर्न थालिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनु भएको छ ।
गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफलेले बताउनु भयो ।
शिक्षा क्षेत्रको बिकाशको लागी बोलेर हैन काम गरेर देखाउने अभियानमा आफु लागेको नगर प्रमुख काफलेले बताउनु भयो ।
चन्द्रपुर नगर क्षेत्रभरीका बिद्यालयहरुमा शिक्षकको अभाब नहोस भन्ने हेतुले नगरपालिका आफलैले शिक्षक भर्ना गर्ने निर्णय गरेको नगर प्रमुख काफलेको भनाइ रहेको छ ।
चन्द्रपुर नगर क्षेत्रको शैक्षिक गुणस्तर उकास्नका लागी यो कार्यको थालनी गरिएकाले अव नगरको शिक्षा क्षेत्रमा देखिने किसिमको परिर्वतन आउने उहाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here