Saturday, June 22, 2024

महेन्द्र माबि रैयाटोलको अभिभाबक भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२५ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको महेन्द्र माबि रैयाटोलको १४ औ अभिभाबक भेला बिहीबार सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ (बुद्ध)को प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो । अभिभाबक भेलाले नया ब्यबस्थापन समितिको लागी सदस्यहरु पनि चयन गरेको छ ।
भेलाले अभिभाबकबाट छत्र बहादुर भोलन,धन बहादुर राना,संगिता राइ र कान्छी राई सहित ४ जना सदस्य चयन गरेको सोही बिद्यालयकी प्रधानाध्यापक कमला थापाले जानकारी दिनुभएको छ । उक्त अभिभाबक भेला बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अभिभाबक भेलामा अध्यक्ष कुश्वारले भौतिक बिकाशको प्रतिबेदन र प्रअ कमला थापाले शैक्षिक बिकाशको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाको कार्यपालिका सदस्य कल्याण कुश्वार,जुडिबेला माबिका पुर्व अध्यक्ष टिका बहादुर आचार्य लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles