चन्द्रपुर,८ मंसिर
लामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।
शहरी बिकाश मन्त्रालय अन्र्तरगत सघन सहरी तथा भवन निर्माण आयोजनामा सो बसपार्क बन्न लागेको हो ।
गत चैत्र १५ गते सो बसपार्क सहित जुडिबेलाको प्रवेशद्धार देखी असनवा सम्मको मुल सडकको दाया बाया नाला सहितको कालोपत्रे,नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो ।
सो ४ वटै योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक ÷ प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ ।
सो बसपार्कको रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिना र चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले शुक्रबार प्राबिधिक सहित स्थलगत अनुगमन गरेका छन ।
बसपार्कको स्थलगत अनुगमन गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले समय अबधि मै गुणस्तरी काम गरेर सम्पन्न गर्न निमार्ण कम्पनीलाइ निर्देशन दिएका छन । बसपार्कको काम भोलीबाट नै शुरु हुने नगर प्रमुख काफलेले बताए । यसैगरी रौतहट क्षेत्रनं ४ का संघिय सासद देव प्रसाद तिमल्सिनाले गुणस्तरी कामको लागी पटक पटक अनुगमन गर्नुपर्ने बताए । जनताको रगत र पसिनाबाट उठेको राजस्व रकमबाट बन्न लागेको बसपार्कको काममा स्थानियले गुणस्तरीताको पटक पटक अनुगमन गर्न संसद तिमलसिनाले आग्रह गरेका छन । नगर प्रमुख काफलेले र संसद तिमलसिनालाइ गुणस्तर काम गर्न ठेकेदार कम्पनीका प्राबिधिकहरुलाइ निर्देशन दिएका छन ।
ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ ।
सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । जुडिबेला मुख्य सडकको काम धमाधम भइरहेको छ । दुई तर्फ नाला बनाउने कार्य अन्तिम चरणमा रहेको र कालोपत्रेको काम पनि छिटै सुचारु हुने ठेकेदार निमार्ण कम्पनीले जनाएको छ ।