रौतहट,२२ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको नमुना ईङ्गलिस आवासीय विध्यालयले आफ्नो २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती भब्य तथा सब्य रुपमा मनाएको छ । बिद्यालयको रजत जयन्तीको अबसर पारेर नेपालका प्रख्यात शास्त्रीय संगितकारहरुले शास्त्रीय तथा परम्परागत संगितहरु प्रस्तुत गर्नुभएको थियो । शुक्रबार बिद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानद्धारा ‘राग रङ्ग’ कार्यक्रमको शास्त्रीय तथा परम्परा संगित प्रस्तुत गरिएको थियो । उक्त शास्त्रीय तथा परम्परा संगित कार्यक्रममा पं.अच्युतम भण्डारीले तबला र मादल,पंडित पशुराम भण्डारीले सारंगी,डा. निरन्जन भण्डारीले बासुरी र पंडित राम कुमार अर्यालले सितार बजाउनु भएको थियो । शास्त्रीय संगितको महत्व बारे बिद्यार्थीहरुलाइ जानकारी गराउने उदेश्यले बिद्यालयको रजत जयन्तीको अबसर पारेर ‘राग रङ्ग’ कार्यक्रमको आयोजना गरेको बिद्यालयका प्राचार्य लोक बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
बरिष्ठ संगितकर्मीबाट संगितको बारेमा बिद्यार्थीहरुलाइ जानकारी गराइएको समेत प्रचार्य श्रेष्ठले बताउनुभएको छ ।
शस्त्रीय संगित क्षेत्रमा देशकै बरिष्ठ कलाकारहरुको माध्यमबाट बिद्यार्थीहरुले धेरै कुरा सिक्ने आफुले विश्वास गरेको प्राचार्य श्रेष्ठले बताउनु भयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइरालाले संगितको महत्वको बारेमा हरेक बिद्यालयले बिद्यार्थीहरुलाइ अनिबार्य रुपमा सिकाउनु पर्ने बताउनु भयो ।
संगितको माध्यमबाट धेरै किसिमका परिर्वतन ल्याउन सकिने बताउदै वाड अध्यक्ष कोइरालाले यसको महत्व अनगन्ती रहेको जानकारी दिनुभएको थियो । कार्यक्रममा प्याबसन मधेश प्रदेशका अध्यक्ष दिपक रेग्मी,जन ज्योती माबि बिद्यालय ब्यबस्थपन समितिका अध्यक्ष नरेश लामिछाने, बिभिन्न बिद्यालयका प्रअहरु,संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो । बिद्यालयको २५ औ बार्षिक उत्सवको अबसर पारेर संगितकर्मीहरुलाइ सम्मान र अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो भने स्वागत मन्तब्य बिद्यालयकी संस्थापक अध्यक्ष लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधिहरु,अभिभाबकहरु तथा बिद्यार्थीहरुको उपस्थीती रहेको थियो ।