अहिले कर्पाेरेट हाउसकाे ध्यान सामुदायिक वनमा – केन्द्रीय अध्यक्ष भण्डारी

0
478

राैतहट,७ फागुन
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले पछिल्लो समय कार्पोरेट हाउसको ध्यान वन क्षेत्रमा लागेको बताएका छन । साेमबार राैतहटकाे चन्द्रनिगाहपुरमा सामुदायिक वन उपभोक्ता महासंघ राैतहटद्वारा आयाेजित अर्थपूर्ण परामर्श कार्यक्रममा अध्यक्ष भण्डारीले यस्तो बताएका हुन ।
पर्यटकिय क्षेत्र विस्तार गर्ने बाहनामा कर्पाेरेट हाउसहरु सामुदायिक वन मास्न सक्रिय रहेको बताए ।यसले पर्यटकिय क्षेत्रको विकास भएपनि वनमा असर परेको अध्यक्ष भण्डारीकाे धारणा थियो ।
सामुदायिक वन अधिकार सुनिश्योचितता परियोजना अन्तर्गत एक दिने अर्थपुर्ण परामर्श कार्यक्रममा अध्यक्ष भण्डारीले सामुदायको अधिकार र दिगोपनका लागि वन आवश्यक भएको बताएका छन। संघिय लोकतान्त्रीक गणतन्त्रको मर्म र भावना अनुसार सामुदायिक वन अघि बढ्नु पर्ने उनकाे तर्क छ । संविधानमा सामुदायिक वनको ऐनको बारेमा वहस र छलफल भएको बताउँदै अध्यक्ष भण्डारीले पुजीबादी शासनबाट समाजवादी शासनको व्यवस्था लेखेको जानकारी दिए । प्राय प्रत्येक पालिकामा ३० देखि ४० प्रतिशत वन रहेको चर्चा गर्दै उनले पालिकामा वनको शाखा राख्नु पर्ने सुझाव दिए। उनका अनुसार पालिकामा वनको विज्ञ वा प्राविधि आवश्यक रहेको र यसले डिभिजन वन तथा सव डिभिजन वनसंग समन्वयकारी भुमिका खेल्ने र वन संरक्षणमा मद्धत पुग्ने छ । यस बिषयमा स्थानिय पालिकाले छलफल गर्ने आवश्यक रहेको अध्यक्ष भण्डारीले औल्याएका थिए । संघिय ऐनको व्यवस्था अनुसार २५ प्रतिशत वन संरक्षणले गरिवी , शतिmकरणमा टेवा पुग्ने उनले बिचार ब्यक्त गरे । वडास्तरबाट नै समन्वय गरेर अघि बढेमा यसको फाईदा देशभरी नै पुग्ने केन्द्रिय अध्यक्ष भण्डारीले बताएका छन ।
सो कार्यक्रमको चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला चौधरीले गमलाको विरुवामा पानी हालेर उद्घाटन गरेकि थिइन । कार्यक्रममा बोल्दै उप प्रमुख चाैधरीले वन संरक्षणमा सामुदायिक वनका पदधिकारी र उपभोक्ताकाे भुमिकाको प्रशंसा गरेकि थिइन । आफु पनि सामुदायिक वनको उपभोक्ता रहेको चर्चा गर्दै यसको संरक्षण संगै फाईदा समेत लिन सक्नु पर्ने धारणा राखेकि थिइन ।
सो कार्यक्रममा फेकोफन एजुकेडेट डाईरेक्टर सिता अर्यालले सामुदायिक वनका उदेश्य, परियोजना र फाईदा लगायतका विषयमा प्रस्तुती दिएकि थिइन । २०२३ बर्ष भरीमा काम गरेको र दोश्रो बर्षमा प्रवेश गरेकाले हाल सम्मको भएका कार्यको विवरण प्रस्तुत गरेकि थिइन । डिभिजन वन कार्यालय, जलाधार तथा भू संरक्षण तथा सरोकारबाला निकायसंग समन्वयकारी भुमिकामा अघि बढ्नु पर्ने उनको धारणा थियोे । कार्यक्रममको संचालन भने टिका आचार्यले गरेका थिए भने अध्यक्षता सामुदायिक वन महासंघ रौतहटका अध्यक्ष वेदहरि दहालले गरेका थिए ।अध्यक्ष दाहालले चन्द्रपुर नगरपालिकामा २४ वटा सामुदायिक वन , गुजरा नगरपालिकामा ८ वटा र फतुवा बिजयपुरमा १ वटा रहेको जानकारी दिए । कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रिय उपाध्यक्ष भरत घले, केन्द्रिय सदस्य सरस्वती खुलाल, रामसिहासन यादव, चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सी, २ का वडा अध्यक्ष वुद्ध लामा, १ का वडा अध्यक्ष वलराम राउत, ५ का वडा अध्यक्ष निलहरि कोईराला र वडा नं. ३ का वडा अध्यक्ष वोधनाथ देवकोटा , सामुदायिक वनका पदिधिकारी तथा उपभेक्तााहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here