अशक्त बालकको घरमा खाधन्न लिएर पुगे चन्द्रपुरमा मेयर काफले

0
73

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफले आफनो नगर क्षेत्रमा अशक्त तथा बिपन्न परिवारको घरमा राहत स्वरुप बिभिन्न प्रकारका खाद्यन्न लिएर प्राय आफै पुग्ने गरेका छन । यस्तो कार्य नगर प्रमुख काफले निर्वाचित भए देखी नै हो । यसैक्रममा चन्द्रपुर नगरपालिका वाड नं. १ पौराइमा रहेका एक अशक्त तथा बिपन्न परिवारको बालकको बारेमा समाचार सुनेपछि आइतबार बिहानै नगर प्रमुख ति बालकको घर मै राहत समाग्री लिएर पुगेका छन । चन्द्रपुर नगरपालिका वाड नंं १ पौराइका १३ बर्षिय शुशिल पहरी बिगत १ बर्ष देखी अशक्त बनेका छन । शुशिलको देब्रे हात र खुट्टा पुर्ण रुपमा चल्दैन दाहिने हात खुट्टा पनि राम्रो संग चलाउन नसेको शुशिल बताउछन । गत बर्ष कक्षा ४ मा पढदै आएका शुशिल अहिले शरिर अशक्ताको कारण नै पढन जान सकेका छैनन । पैसाको अभाबमा उनको उपचार गर्न नसकेको शुशिलको आमा गिता पहरी बताउछिन । पौराइ खोलोको डिलमा झुप्रो घर बनाएर बसेकी गिताको ३ वटा छोराछोरी छन । शुशिल एक्लो छोरो हो भने अरु दुई छोरी भएको उनकी आमा गिताले बताइन । घरमा खान लाउनको अभाब छ उपचार कसरी गर्ने भन्ने उनको गुनासो छ । उपचार नपाएकै कारण शुशिल छोरो अशक्त बनेको गिताले बताइन ।
यही खबर सुनेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफले पहरीको घरमा ३ बोरा चामल,दाल,चिउरा,तेल तथा खाजाका बिभिन्न समानहरु लिएर गए । नगर प्रमुख काफलेले ति बालकाको स्वास्थ्य अबस्था,उपचार सम्बन्धी छलफल समेत गरेका छन ।
यस्ता अशक्त तथा बिपन्न परिवारको लागी नगरपालिकाले सहयोग गरिरहने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाएका छन । चन्द्रपुर नगर क्षेत्र भित्र बिपन्न परिवार तथा बिपन्न परिवारको लागी सहयोग गर्न २४ सै घण्टा तत्पर रहेको नगर प्रमुख काफलेले बताए । यी बालकको स्वास्थ्य उपचारको बारेमा पनि नगर प्रमुख काफलेले परामर्श गरेका छन ।
ति बालक परिवार सहित पौराइ नदीको डिलमा बसेका घरहरुको पनि भुमी आयोगमा नाप नक्सा गर्न नगर प्रमुख काफलेले सोही वाडका वाड अध्यक्ष बलराम राउतलाइ निर्देशन समेत दिएकाछन । ति बालकको स्वास्थय उपचारको लागी चन्द्रपुर अस्पतालका संचालक डा. सुवास चौधरीले पनि सक्रियता देखाएको स्थानिय लक्ष्मण न्यौपानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here