नेबिसंघ रौतहटले पुर्णता पायो (पदाधिकारी सहितको लिष्ट)

0
106

चन्द्रपुर,८ भदौ
नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति रौतहटले पुर्णता पाएको छ । शनिबार चन्द्रनिगाहपुरमा पदस्थापन कार्यक्रम गरेर नेपाल बिद्यार्थी संघ रौतहटले पुर्णता पाएको हो । अधिकार लामिछाने सभापति रहेको नेपाल बिद्यार्थी संघ रौतहटले जिल्ला कार्यसमिति लाई पुर्णता दिदै पदस्थापन कार्यक्रम गरेको हो ।
पदस्थापना पछि नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमितिमा उपसभापति त्रय प्रल्हाद मैनाली, शेख ईजमानुल हक, मोहम्मद सहनाबज आलम सचिबद्धय खुवारी यादब, शोयल खान, सहसचिबद्धय प्रेम श्रेष्ठ, मिथलेश पटेल, कोषाध्यक्ष ऋिचा राई यस्तै सदस्यमा शौरम झा, रबी भुषण प्रसाद यादब, बिबेक झा, रामदयाल सहनी, श्रीधर महतो, मधु यादब, रामसिला यादब, दिलिप पटेल, राकेश यादब, रोशन पटेल, सुनिल यादब, रोहित कुमार साह, चन्देश्वर प्रसाद यादब, चिरन चौलागाई, पवन कुमार गुप्ता, पंकज चौधरी, सरोज पटेल, बसन्त थिङ्ग, मुकेश रञ्जन यादब, प्रकाश तिमल्सिना, आस्था घिमिरे, मोनिका फुयाल, जोशन मैनाली, दिबस तिमल्सिना, रितिक सिह चयन भएका छन ।
सो कार्यक्रम लाई उदघाटन गर्नु हुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमिल्सनाले नेपालमा शैक्षिक क्षेत्र सुधारको आबश्यक रहेको बताए । शिक्षा बिना उदेश्य अधुरो रहने भएकाले नेपाल बिद्यार्थी संघले आफनो हक अधिकारका साथै शैक्षिक क्रियाकलापमा लाग्नु पर्ने बताएका छन । यस्तै सोही कार्यक्रममा मधेश प्रदेश समितिका प्रबक्ता सुर्य थापाले ईतिहास बोकेको नेपाल बिद्यार्थी संघ बाट राजनीति गरेकाहरुले आफनो योग्यता र बिज्ञता प्रस्तुत गर्दै आएको बताए ।
सोही कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरी, चन्द्रपुर वडानम्बर ५ का अध्यक्ष नीलहरी कोेईराला, वडानम्बर ९ का अध्यक्ष नबराज देबकोटा, नेपाली काग्रेस रौतहटका सहसचिब फिरोज आलम लगायतले शुभकामना दिएका थिए । सो कार्यक्रममा जनज्योती नमुना माध्यमिक बिद्यालयका अध्यक्ष नरेश लामिछाने चन्द्रपुर खानेपानी उपभोक्ता समितिका सचिब अबधेशहरी भट्टराई, नेपाली काग्रेस चन्द्रपुर नगर समितिका सचिब गणेश चौलागाई, क्षेत्रनम्बर ४ का प्रदेश सचिब दिक्षित पौडेल लगायतको सहभागिता रहेको थियो ।
यसैबिच सो कार्यक्रममा एसईइको परिक्षामा ४ जिपिए ल्याउने रौतहट दुर्गाभगबती गाउपालिकाका अन्जली झा लाई नगद १५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रम नेबिसंघ रौतहटका सभापति अधिकार लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here