चन्द्रोदय साकोसको बृहत तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न

0
51

चन्द्रपुर,८ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले बृहत रुपमा महिलाहरुको लागी तिज बिशेष कार्यक्रम शनिबार सम्पन्न गरेको छ । हिन्दु नारीहरुको पबित्र पर्व तिजको अबसर पारेर एक हजार भन्दा बढी महिलाहरुको सहभागितामा उक्त साकोसले बृहत तिज बिषेश कार्यक्रम गरेको हो ।
कार्यक्रमको उदघाटन गदै प्रमुख अतिथि तथा नेफुस्कुनका केन्द्रिय सदस्य गोमा राउतले नारीहरुको पबित्र पर्व तिजलाइ सब्य र भब्य रुपमा मनाउन आग्रह गरेकी थिइन । प्रमुख अतिथि राउतले तिजलाइ भडकिलो किसिमले नमनाउन समेत आम दिदी बहिनीहरुलाइ आग्रह गरेकी थिइन । एउटा सहकारीले यसरी भब्य रुपमा तिज मनाएको प्रति उनले आयोजक संस्था चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले धन्यबाद समेत दिएकी थिइन ।सो तिज बिशेष कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलम,रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल, सफल बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरकी अध्यक्ष देबकी नेपाल,नारी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी बराल लगायतले शुभकामना दिएका थिए ।संस्थाका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लक्ष्मी सापकोटाले गरेकी थिइन ।
हरेक बर्ष झै यस बर्ष पनि चन्द्रोदय साकोसले तिजको अबसरमा आफनो सहकारीमा आबद्ध नारी दिदी बहिनीहरुलाइ दर खुवाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष आर्चायले बताएका छन ।संस्थाको निति नियम अनुसार बिभिन्न समाजिक कार्य गदै आएको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष पनि दर खुवाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष आचार्यले जानकारी दिएका छन । कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रमहरु पनि रहेको उनले जानकारी दिए ।
तिज बिशेष कार्यक्रममले चन्द्रनिगाहपुरका होटलहरु अहिले भरिभराउ छन । तिज भदौ २१ गते भएतापनि बिभिन्न संघ संस्थाहरुले केही दिन देखी दर खाने कार्यक्रम गदै आइरहेका छन । प्राय शनिबार बिभिन्न संघ संस्थाले कार्यक्रम गरी तिज बिशेष कार्यक्रम मनाउने गरेका छन । कार्यक्रममा आयोजक संस्थाका संचालक समितिका पदाधिकारीहरु तथा सदस्यहरु,शेयर सदस्यहरु लगायत एक हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here