रौतहट,१३ असोज
केही दिन अगाडी देखी आएको अबिरल बर्षाको कारण रौतहटमा बाढीले ३ जनाको ज्यान गएको छ । जिल्लाको बिभिन्न स्थानबाट अहिले सम्म बाढीको कारण ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन । बाढीको कारण ज्यान गुमाउनेहरुमा दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ का ४० बर्षिय राजकरण मुखिया रहेका छन । आइतबार बिहान माछा मार्न जादा खुटा चिप्लिदा बाढिको पानीमा डुबेर मुखियाको मृत्यु भएको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए । यसैगरी परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया छोरी आशा कुमारी साहको डुबेर ज्यान गएको उनले जानकारी दिएका छन । यस्तै बौधीमाइ नगरपालिका वाड नं. २ इनरवाका आफनै घरमा पानी खाने मोटरमा करेन्ट लागेर १४ बर्षिय बालक अनिल महतोको ज्यान गएको समेत उहाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार रौतहटमा ३ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन । त्यस्तै बाढीमा परेका जिल्लाको बिभिन्न ठाउका १ सय २३ जनाको उद्दार गरेको पनि प्रहरी उपरिक्षक घिमिरेले बताए । बाढीको कारण रौतहटमा १ हजार २ सय ४५ घर बिस्थापित भएका छन भने १ हजार ८ सय ५ वटा घर परिवार प्रभाबित भएका छन । जसमा ५ हजार ५ सय ९५ जना नागरिक प्रभाबित भएका छन ।बाढीले रौतहटको ८ वटा प्रहरी चौकीहरु समेत डुबानमा परेको उनको भनाइ रहेको छ । रौतहटको बागमती र बकैया नदीको बिभिन्न बाधहरु फुटदा बृन्दावन,गढीमाइ,माधब नारायण,गौर,राजदेबी,इशनाथ,बौधीमाइ,परोहा ,मौलापुर,देवाही गुनाही,कटहरिया नगरपालिका र यमुनामाइ,दुर्गाभगबती सहित १४ वटा पालिकाका नागरिकहरु प्रभाबित भएका छन ।