बाढीले रौतहटमा करिब १ अर्ब २३ करोड मुल्य बराबरको धान बालीमा क्षति

0
42

रौतहट,१७ असोज
केही दिन अगाडी आएको बाढीले मधेश प्रदेशमा सबैभन्दा बढी क्षति रौतहट जिल्लामा गरेको छ । कृषि विकास निर्देशनालयका अनुसार मधेसका ८ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार २४३ हेक्टरको धान बाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजार मुल्य बराबरको क्षति पुराएको छ । मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा ५ अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदेशका ८ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ । यसैगरी ४ हजार ३९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा १ करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा ३ करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार २ हजार ३०० हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षति अनुमान गरिएको जनाए । डुबानका कारण १४ हजार २०५ वटा पशुपक्षी मर्दा ७६ लाख बराबरको क्षति भएको छ । कृषि विकास निर्देशनालयका अनुसार मधेसका ८ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ ।
रौतहटमा १० हजार २४३ हेक्टरको धान बाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा ९ हजार ३६७ हेक्टरको धान बाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा ६ हजार ४७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ । यसैगरी सर्लाहीमा ६ हजार ५८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६९ करोड, सिराहामा १५८ दशमलव ६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ । मधेसमा १४ हजार २०५ पशुपक्षी मरेका छन् भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा ७०० हेक्टर बालीमा क्षति भएको छ । केही दिन अगाडी आएको अबिरल बर्षाले रौतहटको गौर लगायतका गाउहरु अझै पनि डुबानमा छन । बाढीले बाटोघाटो तथा खेतीपाती गरेर मधेश प्रदेशमा ५ अर्ब भन्दा बढी क्षति पुराएको हो । बाढीले रौतहटमा २ जना सहित मधेश प्रदेशमा ६ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here