डेमो सहित वन डढेलो नियन्त्रण सम्बन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
82

चन्द्रपुर,२० फागुण
डिभिजन वन कार्यालय, रौतहटले आज मंगलबार सरोकारवालाहरुको उपस्थितीमा डेमो सहित वन डढेलो नियन्त्रण सम्बन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम डिभिजन वन कार्यालय, रौतहटको डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहको अध्यक्षता, ईलाका प्रशासन कार्यालय, चन्द्रपुरका प्रमुख जनक पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ईलाका प्रहरि कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राई, सशस्त्र प्रहरी बल सुरक्षा वेस, सन्तपुरका प्रहरी नायव उपरिक्षक राजेन्द्र गुरागाई, विरदल गण, रौतहटका उपसेनानी कुल बहादुर नेपाली, नेपाल पत्रकार महासंघ जिल्ला कार्यालय समिति, रौतहटका अध्यक्ष संजय कार्की, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिति, रौतहटका अध्यक्ष बेदहरि दाहाल, चन्द्रपुर न।पा।का विपद व्यवस्थपान शाखा प्रमुख अजिता पौडेल, जिल्ला स्थित साझेदारी वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह, सव–डिभिजन वन कार्यालयका प्रमुख, वन कर्मचारीहरु, जिल्ला स्थित पत्रकारहरु लगायतका सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत अनिल कुमार महतोले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तवय तथा डढेलो सम्बन्धि प्रस्तुतिकरण क्रमशः डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत नेपाली साह तथा राजेश कुमारले गर्नु भएको थियो ।
कार्यक्रममा मनत्वयको क्रममा सम्पुर्ण वक्ताहरुले आ–आफ्नो तह र तपकाबाट चालु आ।व।मा रौतहट जिल्लाको वन क्षेत्रमा ढलेडो शुन्य बनाउने अभियानमा सहयोग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रण कार्यविधि, २०८१ तयार गरी कार्यान्वयनमा ल्याएको र वन डढेलो नियन्त्रणका लागि रेन्जर बिकास लामिछानेको नेतृत्वमा च्बउष्म च्भकउयलअभ ऋभिि गठन गरेको र उक्त ऋभिि जिल्ला स्थित सम्पुर्ण वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि हरदम तयार रहने बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अर्थात ईलाका प्रशासनका प्रमुख जनक पन्तले ँचयलत ष्लिभ मा काम गर्ने सामुदायिक वन, साझेदारी वन, धार्मिक वन लगायतका समूह पदाधिकारीहरुले वन डढेलो नियन्त्रणमा अग्रसरता लिनु पर्ने बताउनुको साथै डढेलो नियन्त्रका लागि हरसम्भव प्रयास गर्न निर्देशन समेत दिनु भएको छ । त्यस्तै डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले समेत डिभिजन वन कार्यालय, रौतहट तथा मातहका सव–डिभिजन वन कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई वन डढेलो नियन्त्रणका लागि अहोरात्र खट्न निर्देशन समेत दिनु भएको छ भने प्रहरी नायव उपरिक्षक द्धव्य राजकुमार राई तथा राजेन्द्र गुरागाईले डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी हमेशा तयार रहेको भनि प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
कार्यक्रममा उपस्थित १०६ जना सहभागीहरुको सकृय सहभागितामा संचालन भएको थियो भने सहभागीहरुले समेत आ–आफ्नो तर्फबाट डढेलो नियन्त्रणका अथक प्रयास गर्ने भनि सम्पुर्ण सहभागीहरुले तालि बजाएर प्रतिवद्धता जाहेर गरेको थियो । कार्यक्रम ब्ल् एबिशब होटेलको सभा हलमा सभ्य र भव्यरुपमा सम्पन्न भएको थियो ।गर्मियाम बढेसँगै वन क्षेत्रमा डढेलोको प्रकोप समेत बढ्ने सम्भावनालाई मध्येनजर गर्दै डिभिजन वन कार्यालय, रौतहट सकृय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here