गरुडाको १० वटै अबैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

0
76

गरुडा,२३ फागुण
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिस कुमार सिंहले बिहीबार रौतहटको गरुडा बजारमा निजी अस्पतालहरुको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री सिंह सहितको अनुगमनटोलीले १० वटा अस्पतालहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा १० वटै अस्पतालको कागजपत्र नभएपछि मुख्यमन्त्री सिंहले ति अस्पतालहरु तुरुन्त बन्द गर्न निर्देशन दिनुभएको छ । गरुडाका १० वटै अस्पताल मापदण्ड बिपरित ंसंचालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताउनु भयो । अस्पताल संचालन अनुमति पत्र नलिदा सम्म ति अस्पतालहरु बन्द गर्न मुख्यमन्त्री सिंहले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुखलाइ निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री सिंह सहितको अनुगमन टोलीले गरुडा ५ शिवनगरमा रहेको आन्नद हस्पीटल तथा अकुपंचर सेन्टर प्रालि,गरुडा सिटी अस्पताल प्रालि,अनामिका हस्पीटल प्रालि, नेत्र ज्योति आइ हस्पीटल,गौर आखा अस्पताल,गरुडा अस्पताल,रोम अस्पताल प्रालि,होप अस्पताल प्रालि,सनसिटी हस्पीटल र सरस्वती हस्पिटल प्रालिको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिब तथा जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभएको छ ।
अनुगमन गरेका सबै अस्पताल अबैध रहेको ठाकुरले जानकारी दिनुभएको छ । शिवनगरमा रहेको आन्नद हस्पीटल तथा अकुपंचर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ बेडको अनुमति लिएको भएतापनि ५० बेडको संचालन गरेको उहाले जानकारी दिनुभयो । नियम अनुसार नगरपालिकाले १५ बेडको मात्रै अनुमति दिने ब्यबस्था छ । गत शनिबार पनि मुख्यमन्त्री सिंह सहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गरेको थियो जसमा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here