शिवनगरको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरले नगरपालिका संग कसरी पायो २५ बेडको अनुमति ?

0
104

गरुडा,२३ फागुण
रौतहटको गरुडा नगरपालिका अन्र्तरगत शिवनगरमा रहेको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरले गरुडा नगरपालिकाबाट २५ बेडको अनुमति लिएको कागज देखाएको छ । बिहीबार साझ मधेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले अनुगमन गर्दा सो अस्पतालले गरुडा नगरपालिकाबाट २५ बेडको अनुमति लिएको कागज देखाएको हो । गर्न आउँदा वर्षौंदेखि विरामीलाई लुट्दै आएका आनन्द हस्पिटल एक्युपञ्चर सेन्टर शिवनगरका सञ्चालक उमेश प्रसाद फरार भएका थिए। मापदण्ड विपरीत सञ्चालित उक्त आनन्द हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्। मुख्यमन्त्रीको निर्देशन अटेरी गरी हस्पिटल खोलेको पाइए प्रहरीले पक्राउ गर्ने अनुगमन समितिका सदस्य सचिब ठाकुरले जानकारी दिनुभएको छ । बिहीबार साझ मुख्यमन्त्री सिंह सहितको अनुगमन टोलीले शिवनगरमा रहेको आन्नद हस्पीटल तथा अकुपंचर सेन्टर प्रालि, गरुडा बजारमा रहेको गरुडा सिटी अस्पताल प्रालि,अनामिका हस्पीटल प्रालि, नेत्र ज्योति आइ हस्पीटल,गौर आखा अस्पताल,गरुडा अस्पताल,रोम अस्पताल प्रालि,होप अस्पताल प्रालि,सनसिटी हस्पीटल र सरस्वती हस्पिटल प्रालिको अनुगमन गरेको जनस्वस्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here