सवारी साधनलाइ कार्वाही गरेर एक करोड ३३ लाख राजस्व संकलन

0
148

चन्द्रपुर,२९ जेठ
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालु आर्थिक बर्ष २०८१÷८२ को गत साउन देखी हाल सम्म एक करोड ३३ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ट्राफिक सप्ताह कार्यक्रमको समापन कार्यक्रममा रौतहटका ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र अधिकारीले सो जानकारी दिनुभएको हो ।
गत साउन यता रौतहट ट्राफिकले सो अबधीमा चौध हजार ४ सय ४८ वटा सवारीहरुलाइ कार्वाही गरेर एक करोड ३३ लाख ८७ हजार राजस्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभएको छ । साउन यता हाल सम्म सवारी र्दुघटनाबाट ५८ जनाको ज्यान गएको समेत उहाले जानकारी दिनुभयो । सात सय १७ वटा सवारी साधन र्दुघटना हुदा ५८ जनाको ज्यान गएको छ भने ८४ जना गम्भीर घाइते भएका र एक हजार ६८ जना समान्य घाइते भएको अधिकारीले जानकारी दिनुभयो ।
सवारी र्दुघटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले बिभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको समेत उहाले बताउनु भयो । गत जेठ २२ गतेबाट ट्राफिक नियम पालना सम्बन्धी जानकारी गराउने उदेश्यले ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रम शुरु गरिएको थियो ।
सो अबधिमा ट्राफिक नियम सम्बन्धी बिभिन्न बिद्यालयहरुमा बिद्यार्थीहरुलाइ कक्षा संचालन,सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण,रक्तदान कार्यक्रम,पैदलयात्रुलाइ बाटो काटन सिकाउने,सचेतनामुलक बोर्डहरुको स्थापना,सवारी साधन मेकानिकल परिक्षण लगायतका कार्यक्रमहरु गरेको रौतहट ट्राफिक प्रमुख अधिकारीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अधिकांश सवारी र्दुघटना सडकमा ओभरटेक गर्नेक्रममा भइरहेको बताउनु भएको छ । सडकमा सवारी चालक बिच अनावश्यक गाडी दौडाउने प्रधिस्पर्धाको कारण सवारी र्दुघटना बढरिहेको डिएसपी राईले बताउनु भयो । त्यसको नियन्त्रणको लागी ट्राफिक प्रहरी र आफनो टिम लागी रहेको उहाले बताउनु भएको छ । सवारी र्दुघटनामा ज्यान गुमाउनेमा बढी मोटरसाइकलमा हेल्मेट नलगाउनेहरु नै रहेको समेत उहाले बताउनु भयो । धेरै जसो मोटरसाइकल र्दुघटनामा हेल्मेट नलगाएका यात्रुहरुकै ज्यान गएको डिएसपी राईको भनाइ छ । यसबारे आम नागरिकले बुझन पनि अति जरुरी रहेको राईले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम अझ बृहत रुपमा लैजानुपर्ने धारणा राख्नु भएको थियो । रौतहट ट्राफिकले सवारी र्दुघटना न्युनिकरणको लागी सक्रिय भुमिका निर्वाह गरेको अध्यक्ष कार्कीको भनाइ थियो ।
यसैगरी चन्द्रपुर अस्पताल प्रालिका संचालक डा.सुवास चौधरीले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियम सचेतनाको लागी सक्दो सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ । सवारी दुर्घटनामा परेकाहरुलाइ ज्यान जोगाउने उदेश्यले आफुले निशुल्क उद्दार सेवा समेत संचालन गरेको समेत डा. चौधरीले बताउनु भयो । कार्यक्रममा यातायात ब्यबसायी नरराज आचार्य र समाजिक अभियन्ता बसन्त आचार्य बढदो सवारी र्दुर्घटना र त्यसको रोकथामको लागी यो सप्ताह कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको धारणा राख्नु भएको थियो ।गत ट्राफिक सप्ताह समापन कार्यक्रममा संचारकर्मी,यातायात ब्यबसायी,स्वास्थ्यकर्मी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।सप्ताह कार्यक्रम गत जेठ २२ गते सदरमुकाम गौरबाट शुभारम्भ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here