कृषकलाई मौसम सम्बन्धी जानकारी गराउने उदेश्यले डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

0
40

चन्द्रपुर,१२ जेठ
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ९ डुमरियामा कृषकलाई मौसम सम्बन्धी जानकारी गराउने उदेश्यले कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ ।
उक्त कृषि तथा जलवायु मौसम मापन केन्द्रको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले मंगलबार उदघाटन गर्नुभएको छ ।
कृषि तथा जलवायु मौसम मापन केन्द्रले मौसमको अवस्था र जलवायु परिवर्तनको विश्लेषण गरी कृषि उत्पादनमा सहयोग पुराउने नगर प्रमुख काफ्लेले बताउनुभयो ।यस प्रबिधिले किसानहरूलाई बालीनाली जोगाउन र उत्पादन बढाउन मद्दत गर्नुको सागै तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्यांक संकलन सहयोग गर्ने उहाँले बताउनुभएको छ ।
मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने, र मल तथा औषधि कहिले प्रयोग गर्ने भन्नेबारे किसानलाई जलवायु मापन केन्द्रले समयमै जानकारी दिन सहयोग गर्ने समेत नगर प्रमुख काफ्लेले धारणा राख्नुभएको थियो ।उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादबले कृषि तथा जलवायु मौसम मापन केन्द्र हरेक पालिकाहरुमा राख्नुपर्ने सुझाब दिनुभएको थियो ।
रौतहट जिल्ला कृषक नै कृषक भएको जिल्ला भएको हुदा अब हरेक पालिकाहरुले आ आफनो पालिकाहरुमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गर्नुपर्ने सभापति यादबले बताउनुभयो ।
यसैगरी जल तथा मौसम बिभाग मधेश प्रदेशका प्रमुख राजिब कुमार झाले कृषि तथा जलवायु मौसम मापन केन्द्र हरेक ५÷५ किलोमिटरको दुरीमा राख्नुपर्ने बताउनु भएको छ ।
वन क्षेत्रको संरक्षण,पुर्वाधार बिकाशमा समेत केन्द्रमा महत्वपुर्ण भुमिका हुने कार्यालय प्रमुख झाले बताउनुभयो ।अहिलेको अबस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत अनुमानहरु मिलिरहेको र ९० प्रतिशत अनुमान मिनाउने तर्फ काम भइरहेको समेत उहाले जानकारी दिनुभयो ।
यसले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रवाह गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
यसले लामो समयसम्मको जलवायु परिवर्तनको प्रवृत्ति अध्ययन गरी स्थानीय माटो र हावापानी सुहाउँदो कृषि प्रणाली अपनाउन मद्दत गर्ने समेत झाले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिताराम रिजालले मानबिय क्षति न्युनिकरण गर्न र सुरक्षा प्रणालीलाइ समेत कृषि तथा जलवायु मौसम मापन केन्द्रले मद्दत गर्ने बताउनुभएको छ ।
कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गर्ने सहयोगी साझेदार संस्था आड्रा नेपालका टिम लिडर कबिर रत्न स्थापितले जलवायु परिर्वतनको पुर्वअनुमानको बारेमा जानकारी गराउने उदेश्य रौतहटमा यो प्रबिधिको स्थापना गरेको जानकारी दिनुभयो ।
किसानहरुको आर्थिक स्तर उकास्नको लागी जलबायु परिर्वतन बारे जानकारी दिन अति जरुरी रहेको बताउदै उहाँले किसानहरुको भबिष्यमा हुने क्षति रोक्नको लागी कृषि तथा जलवायु मौसम मापन केन्द्रको अहम भुमिका रहने स्थापितले बताउनुभएको छ ।
कृषि तथा जलवायु मौसम मापन केन्द्र ग्रामिण बिकाश केन्द्र नेपालको परिर्वतन परियोजना अन्र्तरगत कार्यक्रमको सहयोगमा सो क्षेत्रमा स्थापना गरिएको हो ।
यसैगरी ग्रामिण बिकाश केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले जलवायु मैत्री कृषि प्रबिधि तथा अभ्यासहरु अपनाएर स्थानिय कृषकहरुको कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्नुनै यस परियोजनाको मुख्य लक्ष्य भएको बताउनुभएको छ ।
कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना हुदा यस क्षेत्रका किसानहरुको आर्थिक स्तर बृद्धि गर्नको लागी ठुलो मद्दत पुग्ने समेत उहाँले धारणा राख्नुभएको थियो ।
उक्त उदघाटन कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरी,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब माधब शर्मा, शसस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी,चन्द्रपुर ४ का वार्ड अध्यक्ष रबि राना,वार्ड नं. ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी,वार्ड नं. १० का वार्ड अध्यक्ष टंकेश्वर चौधरी,चन्द्रपुर नगरपालिकाका बिभिन्न शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको ग्रामिण बिकाश केन्द्रका कार्यक्रम संयोजक प्रशान्त रिजालले जानकारी दिनुभएको छ । ग्रामिण बिकाश केन्द्र नेपालका अध्यक्ष पारस हुसेनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष ममता कुमारी झाले गर्नुभएको थियो भने संचालन फिल्ड अधिकृत ज्योति फुयालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here