नेकपा एमाले चन्द्रपुर नगर कमिटिमा कार्य विभाजन,(कस्ले पाए कुन जिम्मेबारी सुचि सहित)

0
62

चन्द्रपुर,१५ बैशाख
नेकपा एमाले चन्द्रपुर नव निर्वाचित नगर कमिटिको दोश्रो बैठकले कार्य बिभाजन गरेको छ । शनिबार पार्टी कार्यालय चन्द्रनिगाहपुरमा बसेको बैठकले चन्द्रपुर नगरपालिकाको १० वटै वाडको इन्चार्ज र बिभाग प्रमुखहरुको जिम्मेबारी वाडफाड गरेको छ ।
बैठकको निर्णय अनुसार नगर अध्यक्ष शिव आचार्य ( संगठन विभाग र स्थानीय विकास विभाग प्रमुख,उपाध्यक्ष लाल बहादुर दोङ्ग( निर्वाचन विभाग प्रमुख, सचिब रामसिंहासन यादव वित्त तथा कोष ब्यवस्थापन विभाग प्रमुख, ृउपसचिब जयनारायण साह कार्यालय व्यवस्थापन बिभाग प्रमुख,महिला उपसचिब सरिता पाण्डे प्रचार तथा प्रकासन विभाग र वन वातावरण बिभाग प्रमुखमा जिम्मेबारी दिइएको नगर अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन । यसैगरी चिरञ्जीवी गौतम( स्कुल बिभाग प्रमुख,लिल कुमार राना( सहकारी तथा गरिबी निवारण विभाग प्रमुख, रामकुमार कटुवाल युवा फाट प्रमुखको जिम्मेबारी दिइएको छ । यसैगरी महिला बिभाग प्रमुखका खिम कुमारी गौतम,विद्यार्थीमा दामोदर उप्रेती ,आादीवासी जनजाति बिभाग प्रमुखमा सुर्य बहादुर वाईवा,मजदुर बिभाग प्रमुखमा ध्रुव अर्याल,उत्पीडित जातीय मुक्ति समाज बिभाग प्रमुखमा हरि बि। क.,बुद्धिजीवी बिभागमा सुरज राई,रिटर्नी बिभागमा नवराज विष्ट,भु पु सैनिक प्रहरीमा प्रदिप बस्नेत, पिछडा वर्ग(तपेश्वर साह, र
किसानमा मुक्ति नाथ दाहाललाइ इन्चार्जको जिम्बेबारी दिइएको छ ।
त्यसैगरी बैठकले चन्द्रपुर नगरपालिकाको १० वटै वाडमा नगर सदस्यहरुलाइ इन्चार्जको जिम्मेबारी पनि दिएको छ ।

वडा नं इन्चार्जको नाम
१ चन्द्र बहादुर लामीछाने
२ इन्द्र बहादुर उप्रेती
३ दिपक गौतम
४ चिरञ्जीवी गौतम
५ किशोर प्रसाद उपाध्याय
६ कल्पना दाहाल
७ राजेन्द्र चौधरी
८ ऋखेश्वर दाहाल
९ लिलाधर चौधरी
१० गंगा साह
त्यस्तै बैठकले १७ सदस्यी नगर कमिटिको सचिवालय समेत गठन गरेको छ । सचिबावलयमा पदाधिकारी ५ जना,वार्ड इन्चार्ज १० जना ,लेखा समितिका अध्यक्ष खेम कार्की,स्कुल बिभागमा प्रमुख चिरन्जीबी गौतम र सहकारी तथा गरिबी बिभाग प्रमुख लिल कुमार राना रहेका छन । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मी,जिल्ला कमिटि सचिब बाबुराम दाहाल लगायतको सहभागिता रहेको थियो । बैठक नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here