घरमा च्यापिएर मृत्यु भएका परिवारलाई शसस्त्र प्रहरीद्धारा राहत प्रदान

0
36

चन्द्रपुर,१२ जेठ
शसस्त्र प्रहरीले हावाहुरीबाट भत्केको घरमा च्यापिएर ज्यान गुमाएको परिवारलाइ राहत प्रदान गरेको छ ।
हिजो साझ आएको हावाहुरीले रौतहटको बृन्दावन नगरपालिका—७ धमौराका बच्चेलाल यादबको घर भत्कीदा उनको ३७ बर्षिय श्रीमती फुल कुमारी यादबको मृत्यु भएपछि शसस्त्र प्रहरी राहत लिएर घर पुगेको हो ।
शसस्त्र प्रहरी वल नेपाल सुरक्षा वेश सन्तपुरका शसस्त्र प्रहरी नायब उपरिक्षक विश्वनाथ जिसी सहितको टोलीले मृतकको घरमै पुगेर राहत सहयोग प्रदान गरेको थियो ।
हावाहुरीले घर समेत भत्काइदिएको र खान बस्न समेत समस्या देखेपछि लत्ताकपडा (ब्लाङ्गकेट), चामल, दाल, तेल, आलु प्याज लगायतका राहत समाग्रीहरु सहयोग प्रदान गरेको शसस्त्र प्रहरी नायब उपरिक्षक विश्वनाथ जिसीले जानकारी दिनुभएको छ ।
स्थानिय प्रहरी तथा जनप्रतिनिधिहरुको सहभागितामा राहत प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
हिजो साझ आएको हावाहुरीले घर भत्कीएर फुल कुमारीलाइ थिचेपछि उपचारको क्रममा राती अस्पतालमा ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here